बिहिबार , बैसाख ६, २०८१

हुम्ला, जेठ ३ गते ।

को’रोना सङ्क्रमण जोखि’मकैबीच कर्णाली कोरिडोरको सिमकोट सलिसल्ला खण्डमा पर्ने बोक्चेगौडा भीर छिचोलिएको छ । निकै असजिलो खण्ड रहेको उक्त भीरमा निर्माण कार्य सुरु भएको १६ महिनापछि विस्फोटक पदार्थ र मेसिनको प्रयोग गरेर छिचोलिएको हो ।

गत वर्षको बन्दाबन्दीमा पनि केही समय रोकिएर निरन्तर काम भएकै कारण कोरोनाको दोस्रो लहरको कठिन समयमा पनि चट्टानी भागमा सफलता पाइएको छ ।

निर्माण कम्पनी पीएस क्याराभ्यान कङ्ग्री जेभीका प्रतिनिधि मङ्गल लामाले खार्पुनाथ गाउँपालिकाको बोक्चे गौडा भीरको चट्टान फुटाउने र जमिनको भाग सम्याउने काम पूरा भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँबाट निर्माण उपकरण ल्याउने–लाने काम हुन थालेको छ । खार्पुनाथ गाउँपालिका–१ का बासिन्दा टक्कबहादुर शाहीले असजिलो भागमा पनि सडक निर्माण भएपछि कर्णाली कोरिडोर चाँडै जोडिने विश्वास व्यक्त गर्नुभयो ।

हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख विसुनदास लामाले ३७५ मिटर लम्बाइ रहेको सो भीरलाई फुटाउन नेपाली सेनाको रोहबरमा निर्माण कम्पनीले १९ पटक विस्फोट गराएको बताउनुभयो ।

निर्माण कार्य भइरहेका बेला विस्फोटक पदार्थ सकिएका कारण भीर छिचोल्न केही समय बढी लागेको थियो । विस्फोटक पदार्थ प्रयोग गरिसकेपछि कर्णाली कोरिडोरको निर्माण कार्यले गति लिएको छ ।

कोरिडोरको खार्पुदेखि सुनाखाडा खण्डमा १९ करोड ४५ लाख रुपियाँ लागतमा निर्माण कम्पनीसँग सम्झौता भएको छ । आयोजनाकै समन्वयमा उक्त निर्माण कम्पनीले साढे दुई सय मिटर लामो भिगौढा भीरमा पनि सडक बनाएको थियो ।

महानगरका शिक्षा अधिकृत मोतीप्रसाद भट्टराईले सबै विद्यालयको एकरूपता कायम होस् भन्नका लागि शैक्षिक सत्रको सुरुवातको समय तय गरिएको बत(ाउनुभयो ।

सबै विद्यालयले वार्षिक मूल्याङ्कन पाठ्यक्रमले व्यवस्था गरेअनुसार अनलाइन, अफलाइन परीक्षा, निरन्तर मूल्याड्कन प्रणाली, ई–मेलबाट प्रश्नपत्र पठाएर वा अन्य कुनै माध्यमबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने जनाइएको छ ।

नयाँ शैक्षिक सत्रमा भौतिक उपस्थितिबाट कक्षा सञ्चालन हुन सक्ने अवस्था नदेखिएकाले विद्यालयले वैकल्पिक विधि प्रयोग गरी पठनपाठन गराउन सक्ने जनाइएको छ । यसैबीच महानगरले कक्षा ८ का विद्यार्थीको नगरस्तरीय वार्षिक परीक्षा विधि छिट्टै तय गर्ने जनाएको छ ।

गोरखापत्र अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय