शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको श*व*दाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आ*र्य*घाट क्षेत्रमा श*व*दाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन् ।

कोरोना सङ्क्रमणका कारण दैनिक मृ*तको सङ्ख्या बढीरहेको छ । नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले श*व जलाउनका लागि आफूहरूसँग कम्तीमा पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिए ।

‘रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तीमा पनि एक महिनाका लागि शव जलाउन पुग्नेछ’ उनले भने ।

को महाप्रबन्धक पौडेलले जानकारी दिए । पछिल्लो दुई/तीनयता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृ*त्यु भएका दिनमा १०० देखि १०४ वटा शव व्यवस्थापन हुँदै आएको छ ।

पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोख्रेलले कोरोनाबाट मृ*त्यु भएकाको एक श&व जलाउन कम्तीमा चार क्विण्टल दाउरा लाग्ने बताए ।

‘कोभिड नभएकाको श*व जलाउन दुई क्विण्टल जति दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृ*त्यु भएकाको श*व जलाउन दोब्बर दाउरा आवश्यक पर्छ’ उनले भने ।

उनका अनुसार पछिल्लो दुई हप्ता यता आर्यघाटमा शव जलाउनका लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ ।

सुदर्शन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय