बिहिबार , बैसाख १३, २०८१

काठमाडौँ ।

रोल्पा जिल्ला अदालतले ५ जना छात्राको हात भाँ’च्चिने गरी कु’ट्ने एक शिक्षिकाका ५ हजार जरि’वाना र १५ दिन कै’द गर्ने फैसला सुनाएको छ ।न्यायाधीश दिलिपराज पन्तको इजलासले गत चैत २२ गते रून्टिगढी ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुन वि’रु’द्ध यस्तो फैसला सुनाएको श्रेस्तेदार प्रेम खड्काले जानकारी दिए ।

शिक्षिका पुनले २०७६ जेठ १२ गते विद्यालय ढिला आएको भन्दै १४ जना विद्यार्थीलाई नि’र्घात कु’टेकी थिइन् । कुटिएका मध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोका पाँचजनाको हात भाँच्चिएको थियोे ।

उनीहरूको दाङको तुलसीपुरमा उपचार गरिएको थियोे । अदालतले विद्यार्थी कुट्ने शिक्षिकालाई १५ दिन कैद सजाय तोके पनि यसअघि २४ दिन प्र’ह’री हि’रासतमा बसिसकेकाले जेल भने जानुपर्ने छैन् ।

यो पनि

पछिल्लो समय बढ्दै गएको कोरोना सङ्क्रमण विरुद्ध प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत एक्सनमा उत्रिएका छन् । बढ्दो अक्सिजनको माग र सङ्क्रमितको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषास्थित अक्सिजन प्लान्ट र को’भिड अस्पतालको स्थलगत अनुगमन गरेका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धीरजप्रताप सिंह र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् ।

ढल्केबरस्थित ढल्केबर ग्यास उद्योग अक्सिजन प्लान्ट निरीक्षणका क्रममा मुख्यमन्त्री राउतले उद्योगका सञ्चालकलाई अक्सिजनको वितरण एकद्वार प्रणालीमार्फत मात्र गर्न निर्देशन दिएका छन् । जिल्लामा अक्सिजनको वितरणमा आजैदेखि एकद्वार प्रणाली लागू गरिएको छ ।

त्यसैगरी मुख्यमन्त्री राउतसहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधीन अक्सिजन प्लान्टको समेत अवलोकन गरेका छन् । सो क्रममा उनले अविलम्ब प्लान्ट सञ्चालन गरी सङ्क्रमितको ज्यानको रक्षा गर्न उद्योगका सञ्चालकलाई आग्रहसमेत गरेका छन् । मुख्यमन्त्री राउतको आग्रह उद्योगका सञ्चालकले शनिबारसम्म जसरी भए पनि प्लान्ट सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका । बेलामा निर्माणाधीन उद्योग २४ घण्टामा ६०० सिलिन्डर रिफिल गर्न सक्ने क्षमताको छ ।

दैनिक न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय