शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

२०५१ सालमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले नौ महिने अल्पमतको सरकार बनाए । बहुमतको सरकार चलाउन नसकेर कांग्रेस मध्यावधिमा गएपछि भएको निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको थियो ।

ठूलो दलको हैसियतमा तत्कालीन राजा वीरेन्द्रले मनमोहन अधिकारीलाई प्रधानमन्त्री नियुक्ति गरे । अधिकारी सरकारमा माधवकुमार नेपाल परराष्ट्रमन्त्री र केपी ओली गृहमन्त्री बने । अर्थमन्त्री भरतमोहन अधिकारी बने । मनमोहन सरकारले बजेटमा ‘आफ्नै गाउँ आफैं बनाऔं’ भन्ने आकर्षक नारा ल्यायो ।

हरेक गाविसलाई तीन लाख प्रदान गरियो । सो कार्यक्रम निकै लोकप्रिय भयो । अहिले पनि एमालेले त्यही नाराको ब्याज खाइरहेको छ । अहिले घुमिफिरी एमालेकै सरकार छ । प्रधानमन्त्री ओली छन् । तीन वर्षअघि भएको निर्वाचनमा एमालेले बहुमत ल्याएको थियो । ओली झन्डै दुई तिहाइ बहुमतको सरकारको प्रधानमन्त्री बनेका थिए । उनी नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बनेका थिए ।

तर, आफैं अकमण्र्यताका कारण ओलीले संसदमा बहुमत गुमाए । अहिले अल्पमतको सरकार बनाएका छन् । देशमा अहिले कोरोना भाइरस महामारीले आक्रान्त बनाएको छ । कोरोना रोकथाम र नियन्त्रणमा सरकारले हात उठाएको छ । कोरोना आफ्नै नियन्त्रणमा रहेको भनेर हावादारी अन्तर्वार्ता दिँदैमा ओलीलाई ठिक्क छ ।

त्यसैले ओलीको पालामा जनता ‘आफ्नो ज्यान आफैं जोगाऔं’को अवस्थामा पुगेका छन् । तैपनि ओलीलाई कुनै चिन्ता छैन । संक्रमित र मृत्युदर बढेको बढ्यै छ । ओलीकै पालामा नेपालमा सबैभन्दा धेरै घा’ट ची’ता बनेका छन् दैनिक न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय