शुक्रबार , बैसाख ७, २०८१

एजेन्सी ।

पछिल्लो समयमा भारतीय मिडियामा मृत्युको अफवाह फैलाउने क्रम जारी छ । केही दिन अगाडी अभिनेत्री मिनाक्षी शेषाद्री, महाभारतका भिष्म पितामह मुकेश खन्नाको सामाजिक सञ्जालमा निधनको खबर आएपछि सबैले श्रद्वान्जली दिए । तर, पछि उनीहरु आफैले आफु जिवित भएको पुष्टि गरेका थिए ।

त्यसरी, नै फेरी आज बलिउडका कलाकार परेश रावललाई सामाजिक सञ्जालमा श्रद्वान्जली दिएका छन् । श्रद्वान्जलीको जवाफ उनी आफैले अत्यन्तै रमाइलो तरीकाले दिएका छन् ।

आज लाफर हाउस नामको पेजबाट उनलाई दिएको श्रद्वान्जलीमा लेखिएको थियो ‘बिहान ७ बजे बलिउडका एक भाग परेश रावलको मृत्यु भएको छ ।’ उक्त पोस्टलाई शेयर गर्दै अभिनेताले रावलले लेखेका छन्, ‘तपाईको गलत धारणाको म माफि चाहान्छु, ७ बजेपछि पनि म सुतिरहेको थिए ।’

रावल सामाजिक सञ्जालमा निकै सक्रिय छन् । आफ्नो ट्विटमार्फत फलोअर्ससँग कुराकारी गरिरहेका हुन्छन् । उनी अब बक्सिङ कोचको भुमिकामा ‘तुफान’मा देखिदैछन् । यो फिल्मको रिलिज कोरोनाको कारण स्थगित भएको छ ।

बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधे’ बिहीबारदेखि संसारका ४० भन्दा बढी हल र ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । नेपालमा भने सेन्सर गरेर उक्त फिल्म रिलिज गर्न सञ्चार मन्त्रालयले निर्देशन दिएको छ । सेन्सर बिना नै केबल टिभी र ओटीटीमा फिल्म रिलिज गर्न लागेको समाचार आएपछि मन्त्रायलले सेन्सर गरेर रिलिज गर्न निर्देशन दिएको हो ।

फिल्मलाई नेपाल प्रदर्शन अधिकार गोपिकृष्ण मुभिज अन्तर्गतको ए–एठ् कम्पनीले खरिद गरेको हो । विदेशी फिल्महरु प्रदर्शन गर्न अनिवार्य रुपमा सेन्सर गर्ने नियम छ । सेन्सर नगरी फिल्म रिलिज नगरेमा कानुनी कारवाही गरिने मन्त्रलायले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय