शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुने दिशतर्फउन्मुख छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बैशाख ३० गते भएको चार घण्टा लामो भेटवार्ताले पार्टीमा सहमतिको सम्भावना बढिरहेको छ । यस्तै, बैशाख ३१ गते सिंहदरबारमा ओली र नेपाल दुवै पक्षका ५ ५ सम्मिलित भएर सहमतिको खाका तयार पार्न पूनः बैठक बसेको थियो ।

तर, उक्त बैठकमा ओली पक्षबाट माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापा बादलको पनि सहभागिता भएपछि नेपाल पक्ष झस्किएको छ । नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गते फर्काउनुपर्ने अडान लिइरहेको बेलामा बादलको सहभागिता हुँदा पार्टीलाई पछि फर्काउन ओली सहमत नहुने देखिएको नेपाल पक्षधर नेताहरुको आशंका छ ।

नेपाल पक्षको हिजोमात्रे पनि जुममार्फत बैठक बसेको थियो । उक्त बैठकमा सहभागी नेताहरुले अध्यक्ष ओलीले धोका दिन लागेको टिप्पणी गरेका थिए । उनीहरुले ओलीसँग वार्ता तथा छलफलमा अल्झिनुभन्दापनि अब छुट्टै पार्टी गठन गरेर अघि बढ्दा नै बेश हुने उनीहरुको सुझाव थियो । ओलीले नेपाल पक्षसँग वार्ता गर्नको लागि आफ्नो तर्फबाट दूतको रुपमा बादललाई नै अघि सार्ने तयारी गरेपछि नेपाल पक्ष झन सशंकित बनेको छ ।

बादललाई ओली पक्षको नेता मान्दा पार्टी ०७५ जेठ २ मा पनि नफर्कने र फागुन २८ गतेपछिका निर्णयबाट पनि ओली ब्याक नहुने प्रष्टै हुने नेपाल पक्षको बुझाई छ । अहिले नेपाल पक्षले आज र भोलिभित्रै ओलीसँग निर्णायक वार्ता गर्न नेतृत्वलाई दबाब दिएको छ । आजपनि नेता नेपाल र ओलीबीच निर्णायक वार्ता हुँदैछ । आजको वार्ता सुखद् नभए नेता नेपाल पक्षले फेरि पनि सामूहिक राजीनामा दिएर अघि बढ्नुपर्नेमा पुगेको छ । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय