बुधबार , बैसाख १२, २०८१

“काठमाडाैं ।

सांसद गंगा चौधरीले केही संचार माध्यममा तथा सामाजिक संजालहरुमा चिनियाँ अक्सिजन सिलिण्डर गंगा चौधरीको घरमा भन्ने जस्ता भ्रमपूर्ण समाचार प्रकाशन भएको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएकी छन् ।”

“आइतबार एक बिज्ञप्ति जारी गर्दै चौधरीले भनेकी छन् ‘ चीन सरकारको अनुदानमा आएका मध्य सात वटा सिलिन्डर मैले दाङको लागि भनेर स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा त्रिभुवन विमानस्थलबाट दाङ लैजानको लागि ल्याउँदै गर्दा दाङ लैजाने मेरो गाडी बाटैमा बिग्रेकोले गाडी बन्ने बेलासम्म म भाडामा बस्ने घरमा राखी दाङका लागि म थप स्वास्थ्य सामग्री लिन स्वास्थ्य विभाग टेकु गएको बेला सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही लगायतको टोली प्रहरीसहित आउनु भएको रहेछ म नआउदै उहाँहरुले कसले किन ल्याएको भनेर सोधपुछ गर्दै हुनुहुन्थ्यो त्यसको केही बेरमा म घरमा आए उहाँहरुलाई सबै यथार्थ बताइ कागजी प्रमाणहरु समेत देखाएपछि उहाँहरुको मन उल्टै दाङका जनतालाई सहयोग गर्छौ हामी पनि भन्ने भो र हामीलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनु भयो’ ।”

“‘त्यही प्रतिबद्धता अनुसार ज्ञानेन्द्र शाही र टीमले दाङ भनेर ५ वटा सिलिन्डर उपलब्ध गराउनु भो त्यसको लागि म उहाँहरुलाई मेरो र सम्पूर्ण दाङ्ग बासीको तर्फबाट हार्दिक आभार समेत व्यक्त गर्न चाहन्छु । केही दिनदेखि दाङमा अक्सिजन अभाव भन्ने समाचार आएको बिषयमा सबै जानकार हुनुहुन्छ । चीनबाट आएका ७ वटा सिलिन्डर र ज्ञानेन्द्र शाहीको टिमले दिएका ५ गरी १२ वटा सिलिण्डर भएका थिए । ”

“१२ वटा मध्य हाम्रो सानो पिक अप गाडीमा सबै सिलिण्डर नअट्ने भएकोले दुई सिलिन्डर त्यहि छोडेर १० वटा लिएर हिजो राती दाङ आएको छु । यहाँ आवश्यक भएको ठाउँमा सिलिण्डर दिने तयारीमा छु ति सबै खाली सिलिन्डर हुन् । काठमाडौँमा बाँकी रहेका ती दुई वटा लिन पनि आज गाडी जादै छ यथार्थ यही हो ।”

“यस्तो घटनालाई बङ्ग्याएर सुनौलो नेपालमा प्रकाशित भएको पूरा भिडियो बाट अन्तिमको केहि अंश मात्र काटेर यस्तो महामारीको बेला बदनाम गर्ने नियत सिवाय केही हैन। उक्त अंश काटिएको भिडियोको यथार्थ यूट्युवमा अहिले पनि सुनौलो नेपाल टिभीमा हेर्न सकिन्छ । तसर्थ यस्ता भ्रमपूर्ण दुरासययुक्त भावनाले ग्रसित केही ब्यक्ति तथा संचारमाध्यमलाई बिश्वास नगरी यथार्थ बुझीदिनु हुन सबैमा हार्दिक अपिल गर्दछु’ विज्ञप्तिमा भनिएको छ । मेची महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय