शुक्रबार , चैत्र १०, २०७९

काठमाडौँ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाउनुभएको छ । अक्सिजन नभएर कोरोना सङ्क्रमणका बिरामी आक्रान्त भएका बेला मन्त्री आलेले भरिएका अक्सिजन सिलिन्डर पठाएपछि उनीहरुका आफन्त निकै खुशी भएका छन् ।

जिल्लामा अ’क्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेले आफ्नो व्यक्तिगत ल’गानीमा नेपालगञ्जबाट जि’ल्ला अस्पतालका लागि अक्सिजनले भरिएका ठूला १७ तथा साना पाँच गरी कूल २२ सिलिन्डर प’ठा’इएको उनका स्व’कीय सचिव हेमन्त रेग्मीले जान’कारी दिए।

उनका अनुसार मन्त्री आलेको सहयोगमा ५० भरिएका अक्सिजन सिलिन्डर, ५० हजार मास्क जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० भरिएका अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ ।

जिल्ला अस्पतालमा मन्त्री आ’लेको पह’लमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिक निकै खुशी हुनाका साथै कोरोना सङ्क्रमितलाई उपचार गर्नमा निकै सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताए ।

यसैगरी मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयो’गमा जिल्ला अस्पता’लमा अ’क्सिजन उत्पादन गर्ने पाँच अक्सिजन कन्सेन्टे«चर मेशिन पठाउने जानकारी दिएको मेडिकल सुपरिटेन्डेन्ट जोशीले जा’नकारी दिए ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय