बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न काँग्रेस नेतृ आरजु राणा देउवाले १० लाख सहयोग गरेकी छिन् । धनगढी उपम’हानगरपा’लिकामा अ’क्सिजन प्ला’न्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका ला’गि उनले १० लाख सहयोग गरेकी हुन् । उप’महानगरपालिकाले स्थापना गरेको मेय’र कल्याणकारी कोषमा नेतृ देउ’वाले र’कम ज’म्मा गरेकी हुन्।

यो पनि,,,खुशीको खबर : प्रतिमिनेट ८० लिटर अ’क्सिजन उत्पादन गर्न सकिने प्लान्ट गोरखा अ’स्पतालमा जडान,,गोरखा । गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम आज सम्पन भएको छ । करिब ४९ लाख रुपैयाका लागतमा अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । भुकम्पले क्षति पु¥याएको अस्पतालको नयाँ भवन निर्माणको काम भइरहेकाले तत्कालका लागि कोरोना संक्रमित बिरामीको उपचार गर्न अक्सिजनको अभाव हुन नदिन अस्थायी पा’इपलाइन जडान गरि मेसिन सञ्चालन गर्ने गरि प्लान्ट जडान गरि’एको उ’हाँले बताउनुभयो ।

‘आइसियु बेड सञ्चाल’नका लागि भवन नभएपनि निर्माणधिन भवनको बन्न लागको क्यान्टिनमा एचडियु बेड जडानको काम भइरहेको छ, उहाँले भन्नुभयो, त्यहाँसम्मका लागि अस्थायी पाइप मार्फत भएपनि बिरामीलाई अ’क्सिजन दिन’सक्ने गरि प्लान्ट सञ्चालन गर्न मेसिन जडान सम्पन्न गरिएको छ ।’ अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट बिरामी भएको बेडमा सिधै अक्सिजन दिन सकिने उ’हाँले जा’नकारी दिनुभयो ।

सूचना अधिकारी ढ’कालले मेसिन जडानको काम सकिएको भएपनि बेडसम्म अ’स्थायी पाइपलाईन निर्माणका लागि बढीमा दुई दिन अझै लाग्ने जानकारी दिनुभयो । ‘ठेकेदार कम्पनीले नै प्राबिधिक झिकाएर अस्थायी पाइप लाइन निर्माण गर्न लागेको छ, उहाँले भन्नुभयो, मंगलबारसम्ममा पा’इपलाइन जडानको काम पनि सकिन्छ भन्नेछ ।’ अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट प्रति मिनेट ८० लिटर ग्याँस उत्पादन गर्न सक्ने प्राबिधिकले जानकारी गराएको सूचना अधिकारी ढकालले बताउनुभयो ।

‘यो मेसिनबाट सिधै पा’इपलाइन ज’डान गरि बिरामी भएको स्थानमा पोर्टहरु राखेर बिरामीलाई अक्सिजन दिन सकिन्छ, उहाँले भन्नुभयो, ‘जडान गरिएको मेसिनले एकै पटकमा बढीमा १० जना बिरामीलाई अक्सिजन दिन सकिन्छ ।’ अक्सिजन प्लान्ट जडान भएपनि अस्पताललाई धेरै सजिलो हुने उहाँले बिश्वास व्यक्त गर्नुभयो । ‘बिरा’मीलाई कति अ’क्सिजन आ’बश्यक पर्छ भन्नेमा भरपर्छ, सूचना अधिकारी ढकालले भन्नुभयो, ‘थोरै अक्सिजन मात्र आबश्यक पर्ने अबस्थामा अझ धेरैलाई पनि एकैपटक दिनसक्ने अबस्था पनि हुन्छ ।’

गण्डकी प्रदेश सर’कारले ७५ लाख रुपैया बजेट बिनियोजन गरेको भएपनि मन्त्रालयको तोकेको मापदण्ड भित्र निर्माण गर्ने गरि ठेकेदार कम्पनीले ४९ लाख रुपैयामा टेण्डर पारेको थियो । भुकम्पले क्षति पु¥याएको अ’स्पताल भवन नि’र्माण समयमा सम्पन्न नहुदा अक्सिजन प्लान्ट पनि जडानको काम पनि ढिलाई भएको हो । अझैपनि भवन निर्माण सम्पन्न नभएकाले तत्कालका लागि कोरोनाका बिरामीहरुको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन निर्माण गरिएको अस्थायी आइसोलन कक्षमा अस्थायी रुपमै पाइप लाइन जडान गरेर प्लान्ट सञ्चालनमा ल्याउन लागिएको हो।

‘स्थायी सं’रचना निर्माण भएपछि स्थायी रुपमा नै जडान गरि सञ्चालन गर्ने भन्ने थियो, उहाँले भन्नुभयो, कोभिडको महामारीका बेला जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने भएकाले अस्थायी रुपमा मात्र भने’पनि सञ्चालन गर्नुपर्छ भनेर मेसिन जडान गरिएको हो ।’ सूचना अधिकारी ढकालले गोरखा अस्पतालमा १२ वटा नयाँ एचडियु बेड जडान गरिएको जानकारी दिनुभयो । ‘तत्कालका लागि अस्पताल भित्र १८ वटा बेड राख्न सकिने अबस्था छ, उहाँले भन्नुभयो, ‘बाँकी काम पनि केही दिनभित्रै सम्पन्न हुन्छ ।’गो’रखा अस्पतालमा केही दिन अघि बेड अभावमा कोभिडका बिरामीहरुलाई बे’च्नमा राखेर उपचार गर्नुपरेको समाचार सार्वजनिक भएपनि ए’चडियु बेड जडानको काम थालि’एको हो ।- नयाँ परिवेश बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय