बिहिबार , चैत्र ९, २०७९

पोखरा ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

गण्डकी प्रदेशको एकमात्र कोभिड अस्पतालमा बिरामीले बेड भरिएपछि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि उस्तै चाप छ । दैनिक ठूलोमा’त्रामा को’रोना सं’क्रमितको संख्या थपिँदै जाँदा अस्पतालका बेडहरु पनि भरिँदै जान था’लेका छन् ।कोभिड महामारी फैलिँदै जान थालेपछि जेठ ७ सम्मका लागि कास्की लकडाउनमा छ । लक’डाउनमा अत्यावश्य’कबाहेक होटल तथा रेस्टुरेन्टजन्य सम्पूर्ण गतिविधि ब’न्द गरिएको छ ।

यसले ए’कातिर कोरोना महामारीको ‘चेन ब्रेक’ गर्ने प्रशासनको दाबी छ भने अर्कातिर अस्पतालमा भर्ना भएका बिरामी र कुरुवालाई खाना ब’स्नको स’कस परिरहेको छ ।यसको उदाहरण पश्चिमाञ्चल अस्पतालकै कोभिड आइसोलेसनमा भर्ना भएका संक्रमित र उनीहरूका कुरुवा’लाई लि’न सकिन्छ । अस्पताल वरपरका होटल तथा रेस्टुरेन्ट पूर्ण रूपमा बन्द भएपछि विवेकशील साझा पार्टीले ‘कोभिड विरामीलाई तातो भा’त’ अभियान सञ्चालन गर्ने भए’को छ।

साझाको उक्त अभियान अन्तर्गत अस्पतालमा भर्ना भएका कोभिड बिरामी, उनीहरूका कुरुवा र आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मी गरेर दैनिक २ सय छाक खा’ना खुवाउने तयारी रहेको विवेकशील साझा पा’र्टीका पोखरा महानगर संयोजक अजय श्रेष्ठले जानकारी दिए ।‘कोभिड अ’स्पतालका अ’वस्था बुझ्दै जाँदा पश्चिमाञ्चलमा धेरै बिरामी भर्ना भएको पाइयो । नजिकका होटल, रेस्टुरेन्ट नहुँदा उनीहरू भोकै बस्नुपर्ने स्थिति रै’छ,’ श्रेष्ठले भने, ‘बिरामी र उनीहरूका आफन्तलाई केही भए पनि सहयोग होस् भनेर यो अभियान सुरु गरेका हौं ।’

अस्पता’लमा अहिले ७७ जना भन्दा बढी कोभिडका बिरामी उपचाररत छन् । भर्ना भएका अ’धिकांश कोभिड संक्रमितको अवस्था गम्भीर छ । अभियान अन्तर्गत आइतबार साँझदेखि नै सुरु खाना खुवा’उन सुरु गर्ने संयो’जक श्रेष्ठले बताए । प्रत्येक कोभिड संक्रमितका २ जना कुरुवा प’नि हुने हु’नाले कम्तिमा २ सय छाक दैनिक खुवाउने उनले सुनाए ।‘पहिलो चरणमा हामीले १० दिनका लागि यो अभियान चलाएका हौं । हामीले साँझमात्रै खाना खुवाउने हो,’ श्रेष्ठले भने, ‘त्यसपछि हामीसँग अन्य मनकारी मनहरू पनि पक्कै जोडिनुहुनेछ । त्यहाँहरू जोडिइसकेपछि अझै धेरै समय लैजाने सोचमा छौं ।’

कोभिड बिरामीका लागि लेकसाइडको गडफाडर पिज्जेरियाको भान्सामा खाना तयार पारिने श्रेष्ठले जा’नकारी दिए । उनले खानामा ६ दिन शाकाहारी र एक दिन मासु उपलब्ध गराउने योजना रहेको बताए । ‘उहाँहरूलाई हामीले प्याकेट खाना दिने हो । अस्पतालसँग समन्वय गरिसकेका छौं । अस्प’तालको प्रा’ङ्गणमा लगिसकेपछि उहाँहरूको आफन्त खाना लिन आ’उनुहुन्छ,’ उनले भने ।

पार्टीका महा’नगर स’हसंयोजक विपना कुँवरले पोखराकै गण्डकी मेडिकल कलेजमा पनि अभियान चलाउनेबारे योजना रहेको जानकारी दिइन् । ‘अहिले सर’कारी अ’स्पता’लाई नै मुख्य टार्गेटमा राखेका छौं । यहाँ धेरै टाढाका गाउँबाट पनि आउनु भएको रहेछ । उहाँहरूसँग सीमित आर्थिक स्रोत हुने भएकाले भार नपरोस् भन्ने हाम्रो चाहना हो,’ उनले भनिन्, ‘जिएमसीलाई पनि टार्गेट गरेका छौं । त्यहाँ पनि अभियान लैजाने योजना छ ।’ –नेपाल प्रेस बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय