बिहिबार , बैसाख ६, २०८१

“जुम्ला :

जुम्ला सदरमुकाममा रहेको चन्ददनाथ नगरपालिकामा दैनिकरुपमा संक्रमित थपिन थालेका छन् । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जटिल खालका बिरामीबाहेक अरुलाई होम आइसोलेसनमै बस्न भन्दै घर पठाउने गरेको छ।”

“घरमै बसेकालाई ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने गरेक बिरामीले बताएका छन्”

“यस्तो अवस्थामा बिरामीलाई पौष्टिक आहारको कमी हुन नदिन जुम्ला चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवाल आफै संक्रमितको घरघरमा पुगेर प्रति बिरामीलाई एक क्यारेट अण्डा,चना, च्यावनप्राश साबुन,सेनिटाइजर,माक्स,भिटामिन-सी, क्याल्सियम बाड्ने गरेकी छिन्।”

“बिरामीलाई केही राहत मिलोस् भनेर नगरपालिकाकोतर्फबाट औषधि र पौष्टिक आहार दिएको मियर सेजुवालले जानकारी दिइन् । पौष्टिक आहारसहित स्वास्थ्यक्रमी लिएर बिरामीको घर पुगेर परामर्श दिने गरेको पनि मेयर सेजुवालले बताइन्।”

मेची महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय