बिहिबार , चैत्र १५, २०८०

“काठमाडौ ।

तनहुँमा एक गर्भवती महिला संक्रमित भइन् । उनी ७ महिनाको गर्भवती थिइन् । तनहुँ भीमाद नगरपालिका ५ की २२ वर्षीयाको स्वास्थ्यमा समस्या बढ्दै गएपछि चिकित्सकले गर्भमा रहेको ७ महिनाको शिशु निकाले तर उनले भने संधैका लागि संसार छोडिन् ।”

“भीमाद अस्पतालमा उपचार गर्दा ज्वरो निको नभएपछि उनी पोखरा पुगेकी थिइन् । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी ति महिलाको स्वास्थ्यमा समस्या थप बल्झिदै गयो ।

पोखरामा नै उनको स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । वैशाख २९ गते साँझबाट श्वासप्रश्वासमा पनि समस्या देखिन थालेपछि चिकित्सकले गर्भको बच्चा बचाउनका लागि तत्काल शल्यकृया गर्न सल्लाह दिएका थिए ।”

” ७ महिनाको शिशुलाई शल्यक्रियामार्फत सकुशल निकालियो । तर, शिशु जन्मिएको तीन दिनमै ती महिलाको उपचारकै क्रममा मृत्यु भयो । शल्यक्रिया गरेर छोरी जन्मिएको थियो । तर, छोरीको पनि अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले जनाएका छन् ।”

“यसअघि पनि ती महिलाको एक छोरी छन् । संक्रमित महिलाको शवलाई शनिबार नै पोखरामा नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ ।”

मेची महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय