बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ ।

वीर अस्पतालको बीच भागबाट अघि बढेर पश्चिमतिर लाग्दा अर्को ढोका आउँछ । अनि उत्तर फर्कंदा अक्सिजन सिलिन्डर राखिएको र अर्को बन्द गरिएको कोठामा पुगिन्छ । त्यहाँ भित्र ११ वटा शव राखिएको छ, कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको ।

उता थोरै शवलाई निकाल्न नमिल्ने भएकाले कोही आफन्तहरु शव धेरै हाेला र आफ्नाे मान्छेकाे शव निकाल्न पाइएला भनेर ३/४ दिनदेखि यही कुरेर बसिरहेको बताउँदै थिए ।

कोठाको ढोकै अगाडि नेपाली सेनाको एक टोली विभिन्न कागजहरू हेर्दै मिलाउँदै थियो । त्यो भन्दा बाहिर ग्राउण्डमा मानिसहरुको हल्का भीड छ । कोही फलामको कुर्सीमा कोही भुइँमै त कोही उभिएर गफिँदै थिए ।

उभिएका सबैका आँखा अनिँदाेले भरिपूर्ण जसरी असान्त देखिन्छन् । उहाँहरु थिए- कोरोनाबाट आफन्त गुमाएकाहरु । आफन्तको शव कतिबेला बाहिर निकाल्ने र अन्त्येष्टि गर्ने भन्दै उहाँहरु कुरिरहनुभएको थियो ।

एकप्रकारकाे शाेक अनि हताश र निराश मानसिकता झल्किन्थ्याे उनीहरूकाे अनुहारमा । त्यसमध्ये श्रीमती गुमाएको पीडामा उदास भएर बसिरहेका एक वृद्ध (धनबहादुर थापा) । जाे अढाई वर्षअघिदेखि नेपालगञ्जबाट श्रीमतीको किड्नीको उपचार गर्न काठमाडौं आएको तर कोरोनाले गर्दा आइतबार उनको ज्यान गएको सुनाउनुभयो ।

निजी अस्पतालले लखेट्दा ज्यान गयाे

नेपालगञ्जबाट आएर अढाई वर्षदेखि काठमाडौंमा श्रीमतीको उपचार गरिरहेको तर महामारीका बेला अस्पतलले लखेटिदिँदा श्रीमतीको ज्यान गएको उहाँले बतउनुभयो ।

खासगरी निदान अस्पतालले धोका दिएको उहाँले सुनाउनुभयाे । श्रीमतीका लागि लाखौँ लगानी गर्दा पनि अन्तिम अवस्थामा आएर अस्पतालले अक्सिजन नभएको भन्दै राति १२ बजे लखेटेको दुःखेसाे पाेख्नुभयो । किड्नीको नियमित डाइलोसिस गराउनु पर्नेमा केही समस्या भएपछि बिरामीलाई कोरोनाँग मिल्ने लक्षण देखिँदा अस्पतालले गैरजिम्मेवारीपूर्वक निकालिदिएको रहेछ ।

निदान अस्पताललाई राति एउटा खाट त दिनुहोस् भनेर अनुरोध गर्दा पनि अस्पतालले लखेटिछाडेको भन्दै उहाँले गहभरि आँसु पार्नुभयो । अस्पतालले त्यसअघि आफूलाई श्रीमतीको किड्नी प्लान्ट एक सातामै गरिदिने वचन दिएको पनि उहाँले सुनाउनुभयो ।

न्यूज २४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय