शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

नेपालका एक मात्र डलर अर्वपति विनोद चौधरीको सम्पत्ति एक बर्षमै ९२ अर्ब रुपैयाँले बढेको छ । कोरोना कहरबीच चौधरीले आफ्नो सम्पत्तिमा उच्च वृद्धि गरेका हुन् ।

विश्वका धनीहरुको सूची प्रकाशित गर्ने हुरुन ग्लोबल रिच लिष्ट २०२१ मा चौधरीको कुल सम्पत्ति २.५ विलियन डलर देखाएको छ ।

यस अघि सन् २०२० को हुरुनकै रिच लिष्टमा चौधरीको कुल सम्पती १.७ विलियन डलर मात्रै देखाएको थियो ।यसैगरी सन् २०१९ को लिष्टमा पनि चौधरीको सम्पत्ति १.७ विलियन डलर नै रहेको देखाएको थियो । तर कोरोनाको समयमा भने चौधरीले आफ्नो सम्पत्तिमा उच्च वृद्धि गरेको तथ्याङ्कले देखाएको छ ।

हुरुन लिष्ट अनुसार कोरोनाको समयमा चौधरीको सम्पत्तिमा उच्च वृद्धि भएसँगै विश्वभरका धनीहरुको सूचीमा समेत छलाङ मारेका छन् ।

हुरुन लिष्ट सन् २०२० अनुसार चौधरी विश्वका धनीहरुको सूचीमा १६९२ औं स्थानमा रहेकोमा सन् २०२१ मा प्रकाशित लिष्ट अनुसार १९५ माथि उक्लिदै १४९७ स्थानमा आईपुगेका छन् ।

नेपाली कांग्रेसका समानुपातिक तर्फबाट सांसद समेत रहेका चौधरीको मुख्य गरि चाउचाउ उद्योग र होटेलमा लगानी रहेको छ । यसबाहेक इलेक्ट्रोनिक्स र बैंक तथा वित्तीय सस्थामा पनि चौधरीको लगानी छ । उनी चौधरी समूह अर्थात सीजी ग्रूपका अध्यक्ष पनि हुन ।

सिधाकुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय