शनिबार , बैसाख ८, २०८१

मुम्बई :

कबिर बेदीकी छोरी तथा बलिउड अभिनेत्री पूजा बेदीले मे ११ मा आफ्नो ५१औं जन्मदिन मनाएकी छन् । उनी केही वर्षदेखि ठूलो पर्दा र मिडियाभन्दा टाढा बसेकी छन् ।

कुनै समय यस्तो थियो पूजा आफ्ना फिल्मभन्दा पनि बोल्डनेसका कारण चर्चामा रहने गर्थिन् । उनले ९० को दशकमा फिल्ममा अभिनय गरेकी थिइन् । त्यतिबेला पूजाले आफ्नो बोल्ड लुकले सबैलाई आकर्षित गरेकी मात्र थिइनन् विवादमा पनि धेरैें पर्ने गरेकी थिइन् ।

१९९१ मा पूजा बेदी एउटा एडल्ट विज्ञापनमा बोल्ड अवतारमा देखिएकी थिइन् । त्यतिबेला यो विज्ञापन दूरदर्शनमा ब्यान्ड भएको थियो भने बाँकी च्यानलले पनि प्रसार गर्न मानेका थिएनन् । पूजाले कन्डमको विज्ञापनमा काम गरेकी थिइन् । कन्डमको एडमा देखिने उनी पहिलो बलिउड अभिनेत्री थिइन् ।

त्यसपछि उनी चर्चामा आएकी हुन् । उनले त्यतिबेला धेरै आलोचना पनि सहनुप¥यो । यो एडमा उनको साथमा मोडल मार्क रविनसन थिए । पूजाले १९९१ मा फिल्म ‘विषकन्या’ बाट बलिउडमा पाइला राखेकी थिइन् । उनले आमिर खानको फिल्म ‘जो जिता वही सिकन्दर’ बाट चर्चा कमाएकी हुन् । यो फिल्ममा पूजाले एउटी आधुनिक र बोल्ड युवतीको भूमिका निर्वाह गरेकी थिइन् ।

फिल्ममा पूजाले आमिरसँग किस सिन दिएकी थिइन् । त्यसपछि पूजाले केही फिल्ममा काम गरिन् । उनले लुटेरे, फिर तेरी कहानी याद आए, आतंक ही आतंक र शक्तिजस्ता फिल्ममा काम गरिन् । पूजाले आफ्नो करिअरको सुरुआतमा हिट फिल्म खेलिन् तर टिकिरहन सकिनन् । एजेन्सी

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय