शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

मुम्बई :

बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘गणपत’ केही समयदेखि चर्चामा छ। यो फिल्ममा टाइगरको साथमा कृति सेनन देखिँदैछिन्। गणपतको निर्देशन विकास बहलले गर्दै छन् भनेयसको निर्माण वासु भगानानीले आफ्नै ब्यानरमा गर्न लागेका हुन्।

फिल्ममा दुई नायिका रहने बताइएको थियो। त्यसमध्ये एक कृति सेननपहिले नै चुनिएकी थिइन् भने दोस्रोको खोजी भइरहेको थियो। हालै अर्की नायिका पनि फाइनल भएको खबर आएको छ।

खबरअनुसार नोरा फतेही यो फिल्ममा जोडिएकी छन्। फिल्ममा उनको महत्त्वपूर्ण भूमिका भए पनि कृतिको भन्दा छोटो हुने बताइएको छ। कृति फिल्ममा टाइगर श्राफसँग रोमान्स गर्दै देखिने छिन् भने नोराको भूमिकाका बारेमा अहिलेसम्म केही खुलाइएको छैन।

यो फिल्ममा दुवै अभिनेत्रीको रोल दमदार हुनेछ। यसको कथा बक्सिङ रिङको वरिपरिघुम्नेछ। फिल्ममा टाइगर बक्सर बनेका छन्। ‘गणपत’ दुई चरणमा बन्नेछ। फिल्मको नाम यस कारण ‘गणपत’ राखिएको छ कि बक्सर बनेका टाइगर गणपतिका भक्त हुनेछन्।

यो पनि

काठमाडौं : गायिका पारु राईलाई १ दशकअघि गायनमा जम्न मन थियो। उनले एकपछि अर्को गर्दै गीत निकाल्न थालिन्। चर्चा चलिरहेको थियो तर उनी एक्कासी बेलायत पुगिन्। बेलायत गए पश्चात उनी अर्कै संसारमा रम्न थालिन्। करिब १ दशकपछि पारु पुन सांगीतिक यात्रामा फर्किएकी छन्। पारुले ‘तिम्रो तृष्णा’ बोलको गीतको भिडियो बजारमा ल्याएकी हुन्।। उनलाई स्वरमा भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बूले साथ दिएका छन्।

गायिका पारुकै शब्द रचना रहेको गीतमा संगीत गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ। बेलायत र नेपालका विभिन्न सुन्दर तथा रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन्।

नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका हुन्। करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, विकाश लिम्बू र वृक्षा लिम्बूले यस गीतमा अभिनय गरेका छन्।

सानै उमेरदेखि कलाकारितामा झुकाव भएकाले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर लाग्ने उनले बताए। भिडियोमा मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नवीन निरौलाको रहेको छ।

नेपाल छँदै संगीतको आधारभूत शिक्षा लिइसकेकी गायिका राईले प्रवासमा रहेर आफूलाई मन पर्ने पेसा अंगाल्नका लागि सोचे जस्तो सहज नभएको बताइन्। पाँचथरमा जन्मिएकी र हाल बेलायतमा पल्टने जीवन बिताइरहेकी पारु राई करिब एक दशकदेखि बेलायतमै बस्दै आएकी छन्।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय