बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

ईदको अवसर पारेर सलमान खानको फिल्म ‘राधे’ विदेशका केही हलमा प्रदर्शनमा आएको छ । भारतमा भने डिजिटल प्लेटफर्ममा रिलिज भएको हो । अभिनेता खानले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दर्शकलाई फिल्म सही प्लेटफर्ममै हेर्न अपिल गरेका छन् ।

‘एउटा फिल्म बनाउन धेरै व्यक्तिको मिहेनत लागेको हुन्छ । तर हामीलाई दु:ख लाग्छ तब जब मानिसहरु पाइरेसी गरेर (चोरेर) फिल्म हेर्छन् । त्यसैले तपाईंहरुलाई सही प्लेटफर्ममा फिल्म हर्न अनुरोध गर्दछु,’ उनले इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उल्लेख गरेका छन् ।

यो फिल्म हलमै प्रदर्शन गर्ने खानको तयारीमा थियो । तर कोभिड महामारीका कारण उनले आफ्नो फिल्म ओटीटी (ओभर दि टप) प्लेटफर्ममा प्रदर्शन गरेका हुन् । प्रभु देवा निर्देशित यस फिल्ममा सलमानसँगै दिसा पटानी, रणदीप हुडा, ज्याकी श्रोफलगायतको अभिनय छ ।

यो पनि

काठमाडौँ — बलिउड निर्देशक अनुराग कश्यपले फिल्म सुटिङका लागि नेपाल आउने चाह व्यक्त गरेका छन् । बिहीबारबाट सुरु भएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ)को पहिलो दिन ‘च्याट विथ अनुराग’मा बोल्दै कश्यपले नेपाल आउने चाह व्यक्त गरेका हुन् ।

‘म धेरै वर्षअघि नेपाल आएको थिएँ । अब मलाई नेपालमा फिल्म सुटिङ गर्ने मन छ । एभरेस्ट बेस क्याम्पमा जाने भित्री सपना छ । मसँग हिमालमा खिच्नुपर्ने एउटा फिल्मको स्क्रिप्ट छ । अवस्था सामान्य भयो भने अर्को वर्ष यो फिल्म सुटिङ गर्न म नेपाल आउँछु,’ कश्यपले भने।

महोत्सवको भर्चुअल छलफलमा कश्यपले आफूले दुई नेपाली फिल्म हेरेको पनि जानकारी गराए । उनले दीपक रौनियारको ‘सेतो सूर्य’ र मीन भामको ‘कालो पोथी’ हेरेको बताए । छलफलको क्रममा उनलाई मनपर्ने स्वतन्त्र फिल्मकर्मी को-को हुन् भनि प्रश्न गर्दा उनले दीपक र मीनको नाम पनि लिए ।

उनले नेपालले नेपालकै कथामा फिल्म निर्माण गर्नुपर्ने पनि सल्लाह दिए । ‘कलालाई विश्वले हेर्न सक्छ । स्थानीय कथामा फिल्म बनायो भने त्यो विश्वको लागि नयाँ हुन जान्छ । जब तपाईंले आफ्नो कथामाथि फिल्म बनाउन सुरु गर्नुहुन्छ, त्यसपछि आम्दानीको ढोका खुल्दै जानेछ,’ उनले भने, ‘यहाँ फिल्म उद्योग नभएको देशहरु खासै छैनन् । तपाईंले बनाउने नेपाली फिल्मले विश्वमा अर्थ राख्छ। त्यस किसिमको फिल्म बनाउने हुटहुटी हुनुपर्‍यो ।’ कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय