शनिबार , बैसाख ८, २०८१

काठमाडौँ ।

नेकपा एमालेको नेतृ तथा प्रतिनिधिसभाको सांसद नविना लामाले नेपालमा राजनीतिक अस्थिरता चाहाने र त्यहि अस्थिरतामा आफ्नो स्वार्थ सिद्ध गर्नेहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको सरकारले गरेका एक पछि अर्को सफल कामले विरोधीहरुलाई निन्द्रा लाग्न नदिएको बताउनुभएको छ ।नेपालको लामो स’मयसम्मको इतिहासमा प्रधानमन्त्री ओलीले जस्तो कुनै पनि सर’कारले जनताको मूर्छित सपनाहरुलाई साकार पार्ने गरी विकास र समृद्धिको काम नगरेको उल्लेख गर्दै उहाँले विकास र समृद्धिको विरोधीले सर’कारको आँखा चिम्लिएर विरोध गरिरहेको भन्दै आक्रोस जनाउभयो ।

जनताको चाहना अनुसार मुलुकमा राजनीतिक स्थी’रता विना विकार सम्भव नभएकाले ओली नेतृत्वको एमालेलाई जनातले पाँच वर्षसम्म सत्ता सञ्चालन गरी जनताको चाहना अनुसारका काम गर्न जनमत दिएको उहाँले स्मरण गराउनुभयो ।उहाँले आफ्नो सामाजिक स’ञ्जालमा भन्नुभएको छ, ‘प्रिय साथीहरु, नेपालको आधुनिक राजनीतिक इतिहास अर्थात २००७ सालमा प्रजातन्त्र स्थापना भएदेखी कुनै पनि सरकार ५ वर्ष चलेका छैनन् ।

चाहे त्यो २००७ देखी २०१७ सालसम्म होस् वा २०१७ देखी २०४६ सम्मको पञ्चायती व्यवस्था होस् वा २०४७ सालदेखी २०६५ सालसम्मको बहुदलीय व्यवस्थाको समयमा होस् अथवा २०६५ सालपछि अहिलेको लोकतान्त्रिक गणतन्त्रमा नेपालमा बनेका कुनै पनि सरकारले आफ्नो ५ वर्ष पूर्ण कार्यकाल पुरा गर्न पाएका छैनन् । यो नेपा’ली जनताको नियति जस्तै बनेको छ । २०७२ सालमा मौजुदा संविधान जारी भएर आम निर्वाचन नहुञ्जेल तीन ४ पटक सरकार परिवर्तन भयो । त्यो किन भयो त्यसबारे चिन्तन मनन गर्नु आवश्यक छ ।

राजनीतिक इति’हास हेर्दा विगतमा सवैभन्दा लामो प्रधानमन्त्री सुर्यबहादुर थापा रहनु भएको छ भने दोस्रो लामो प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ रहनु भएको छ । मरिचमान सिंह श्रेष्ठ करिब ४६ महिना प्रधान’मन्त्री रहनु भएको थियो भने सुर्यबहादुर थापाले ४९ महिना शासन सञ्चालन गर्नु भएको थियो । यो दुवै समय पञ्चायतको समय थियो । बहुदलीय व्यवस्थामा गिरिजाप्रसाद कोइरालाले ४२ महिना लामो शासन गरेको बाहेक नेपालमा कसैको सरकार पनि त्यति लामो टिक्न पाएको छैन ।

नेपालमा राजनीतिक स्थिरता कायम गर्ने र निर्वाचित सरकारलाई आफ्नो पूर्ण अवधि टिकाएर नेपालमा अस्थिरता चाहानेहरुलाई गतिलो जवाफ दिन लाग्नु भएका हा’म्रो आदरणीय नेता सम्माननीय प्रधानमन्त्री श्री केपी ओलीलाई पनि पूर्ण अवधि टिक्न नदिने प्रपञ्चहरु भै रहेका छन् । ओली प्रधानमन्त्री भएपछि काम गर्न नदिने र अनेक विवाद र बखेडा झिक्ने कामहरु भए । हाम्रो पार्टी भित्रको विवाद र गत १५ महि’नायता भएका राजनीतिक घटनाक्रमले यहि कुराको पुष्टि गर्छन ।

मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय