शुक्रबार , चैत्र १०, २०७९

काठमाडौँ |

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

अक्सिजन अभावको समस्या हल गर्ने उद्देश्यले नेपाल प्रहरीले अक्सिजन सिलिन्डर संकलन अभियान शुरू गरेको छ ।प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार अहिले सम्म प्रहरीले देशभरका विभिन्न स्थानबाट ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिसकिएको छ ।

प्रहरीले संकलन गरेका मध्य १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् । ४ हजार ५ सय ८९ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको एसएसपी कुँवरले बताए ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।यसै बीच यहि अक्सिजनको बिषय र केपी ओलीलाई चेताबनी दिदै गर्जिएका छन् ज्ञानेन्द्र शाही |

यो पनि,,सांसदले गुहारे ज्ञानेन्द्र शाहीसंग अक्सिजन सिलिण्डर,काठमाडौं । सप्तरी ४ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका तेजुलाल चोधरीले आज हामी नेपाली हाम्रो नेपालका संयोजक ज्ञानेन्द्र शाहीसंग अक्सिजनको सि’लिण्डर सहयोग मागेर फोन गरेका छन् ।

देशभर अक्सि’जनको कमी हुन थालेपछि सांसद चौधरीले ज्ञानेन्द्र शाहीलाई फोन गरेर अक्सिजन सिलिण्डरको लागि आग्रह गरेका हुन् । ज्ञानेन्द्र शा’हीलाई फो’न गरेर सां’सद चौधरीले कत्तै अक्सिजन नपाएकोले उपलब्ध गराउन अनुरोध गरेका हुन् ।
-ScotNepal बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय