शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

क्त’पुरको मध्यपुर थिमि नगरपालिकाले अक्सिजन उत्पादन थालेको छ । ६५ लाख रुपैयाँको लागतमा नेपाल–कोरिया मैत्री नगरपालिका अस्प’तालमा स्थापना गरेको एअर बेस अक्सिजन प्लान्टबाट अ’क्सिजन उत्पादन गरि आजदेखि बिरामीलाई दिन थालिएको छ ।हिजो बेलुकादेखि सञ्चालनमा आएको प्लान्टबाट दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन हुनेछ ।

एअर बेस अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गरी परीक्षण स’फल भएको र आजदेखि उत्पादन र वितरण थालेको अस्पताल व्यवस्थापन स’मितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपा’लिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो।

प्लान्टबाट उत्पादित अक्सिजन अ’स्पतालको आईसीयू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोरोनाका २४ विरामीलाई दिन थालिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

चीन र अष्ट्रेलियामा मात्रै जडान भएर सञ्चालनमा आएको एअर बेस अक्सिजन प्लान्ट नगरपा’लिकाले चीनबाट दुई महिना लगाएर ल्याएको हो ।प्रति घण्टा आठ हजार लिटर अ’क्सिजन उत्पादन गर्ने यो प्लान्टबाट २४ घण्टा’मा १ लाख ९२ हजार लिटर अक्सिजन उत्पादन हुनेछ ।

यसले आईसीयू, हाइकेयर युनिट र भेन्टिलेटरका २४ बिरामीलाई पर्याप्त अक्सिजन पुग्ने र आकस्मिक कक्षलगायतका ठाउँमा राखिएका थप १९ बिरामीलाई दैनिक ३० सिलिण्डर अक्सिजन आयात गरे पुग्ने भएको न’गरप्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले अहिले ४२ वटा शय्या स’ञ्चालन गरी कोरोनाका बिरामीको उपचार गर्दै आएको छ । थप २० शय्या विस्तार भएको र केही दिन भित्रै सञ्चालनमा ल्याउने उहाँले जा’नकारी दिनुभयो ।-फ्रन्टलाईन खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय