बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

महानगरीय अ’पराध महाशाखाले २८ वैशाखमा न्यून गुणस्तरको अक्सिमिटर महँगो मूल्यमा बेच्न खोज्ने ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गर्यो । उनीहरुको साथबाट ७६५ थान अक्सिमिटर ब’रामद पनि गरिएको थियो ।को’रोना महामारीका कारण अहिले व्यक्तिको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अ’क्सिमिटरको माग अत्यधिक छ ।

विभिन्न औ’षधिजन्य पसल एवं फ’र्माहरुले आम सर्वसाधारणलाई बजार मूल्यभन्दा अधिक मूल्य लिई नक्कली अक्सिमिटर खरिदविक्री गरिरहेको पाइएको हो ।ब’रामद गरिएका अक्सिमिटरमा उत्पादन मिति, म्याद समाप्त मिति, खरिद विक्री मूल्य, उत्पादक कम्पनीको नाम लगायत केही पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन भेटिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बजार मूल्य ६÷७ सय पर्ने अक्सिमिटरहरु २ हजार २२० रुपैयाँसम्म अधिक मूल्यमा बिक्री गरेको पाइएको छ।

गत ७ वैशाखमा नक्कली पी’सीआर रिपोर्ट बनाउने सुरिया हेल्थकेयर प्रालिमा महाशाखाले छा’पा मा’र्यो । काठमाडौंको सिनामंगलमा रहेको उक्त हे’ल्थकेयरका सञ्चालक डा. सीपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझीसहित ८ जना पक्राउ परे ।उनीहरुले विदेशमा काम गर्न जानेलाई नक्कली रिपोर्ट दिने गरेका थिए ।

उनीहरुले सरकारले तोकेभन्दा अत्यधिक रकम लिई स्वाबको नमूना समेत नलिई एक÷दुई घण्टाभित्र नै नक्कली पी’सीआर रिपोर्ट बनाउँदै आएका थिए । यस्तै, महाशाखाको टोलीले २३ वैशाखमा काठमाडौंको वसुन्धराबाट गोरखास्थित आरुघा’टका २५ वर्षीय रफिक मियाँलाई पक्राउ गर्यो ।को’रोना संक्रमितको औ’षधि रि’मडेसिभिर वास्तविक मूल्यभन्दा बढी लिएर बे’चबि’खन गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

उनले करिब ३० हजार रुपैयाँ पर्ने एक सेट रि’मडे’सिभिरलाई १ लाख २० हजार रुपैयाँ विक्री गर्न लागेका थिए । २४ वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौंले अ’क्सिमिटर तथा से’निटाइजर कालोबजारी गर्ने एकजनालाई पक्राउ गर्यो ।सिराहा लाहान घर भई हाल क्षेत्रपाटीमा बीबीआर ई’न्टरप्राईजेज संचालन गर्दै आएका भगवान वावु राय राजपुतलाईं का’लोवजारीको आरोपमा नियन्त्रणमा लिइएको हो ।

उनको साथबाट ८ थान अ’क्सिमिटर र १२४ ग्यालिन से’निटाइजर समेत बरामद गरिएको छ ।अक्सिमिटर तथा से’निटाइजर का’लोबजारी भइरहेको गुनासो आएपछि परिसरवाट विशेष टोली परिचालन गरी अनुगमन गर्दा ती व्यक्ति पक्राउ परेका थिए ।

मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय