बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

नेपालमै पहिलो पटक ना’स्टले बनायो अक्सिजन सि’लिण्डर, प’रीक्षण सफल भए व्या’वसायिक उ’त्पादन गर्ने दावी!काठमाडौं । नेपाल वि’ज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नेपालमै अक्सिजन सिलिण्डर बनाउने भएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत सामग्री उपयोग गरी अक्सिजन अभाव पूर्ति गर्ने उद्देश्यका साथ नास्टले यस’को तया’री थालेको हो ।

यसका लागि नास्टले उद्योग क्षेत्रसँग समेत सहकार्य गरेको छ । जसअनुसार नास्टको तर्फबाट वैज्ञानिक तथा वरि’ष्ठ प्रा’विधिक अ’धिकृत शंकर ढकालले यो परियोजनाको नेतृत्व गरिरहेका छन् । त्यस्तै उद्योग क्षेत्रबाट इन्जि’नियरहरु सु’जन श्रेष्ठ, कृ’ष्णा ढकाल र पूर्णराज सुवेदी यसमा संलग्न रहेका छन् । वैज्ञानिक ढकालका अनुसार सिलि’ण्डरको मो’ड्युल तथा प्रोटो’टाइप तयार भ’इसकेको छ।

‘अक्सिजन सिलिण्डर टेस्टिङका लागि पनि नेपालमा अहिलेसम्म कुनै पूर्वाधार उपलब्ध छैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामी आफैंले टेस्टिङको डि’जाइन र सेटअप पनि बनाउनुपर्ने भएको छ ।’कोरोना भाइरसको पहिलो लहरसँगै नास्टले ‘नास्ट कोभिड १९ कम्ब्याड मिसन’ अन्तर्गत कोभिडसँग जुध्न सकिने प्रविधि विकासमा अग्रसरता देखाएको थियो ।

जसमा हालसम्म तीन दर्जनभन्दा बढी विज्ञ तथा प्रावि’धिकहरु आव’द्ध भइसकेका छन् । नेपालमा अक्सिजन सि’लिण्डर बनाउने तथा परीक्षण गर्ने कार्य अहिलेसम्म हुन नसकेको भए पनि एलपीजी ग्याँस सिलिण्डरको भने काम भइरहेको छ । को’शी ग्याँस र नेपा’ल ग्याँसले नेपालमै एलपीजी ग्याँस सि’लिण्डर बनाउने र परीक्षण गर्ने काम गर्दै आएका छन् ।

नास्टमा विकास ग’रिएको अ’क्सिजन सि’लिण्डर तिनै ग्याँस उद्योगको ल्यावमा परीक्षण गर्ने प्रयास समेत भएको थियो । एलपीजी ग्याँस सिलिण्डर १५ केजी प्रति वर्ग सेन्टिमिटरको चाप धान्नसक्ने किसिमले बना’इएका हुन्छन् ।तर अक्सिजन सिलिण्डरले भने १५० केजी प्रति वर्ग सेन्टिमिटरको चाप थेग्नुपर्ने हुन्छ ।

यस्तोमा ग्याँस सिलिण्डरको टे’स्टिङ उपकरण’को क्षमता र सेटअपमा अक्सि’जन सिलि’ण्डरको प’रीक्षण हुन सकेन ।त्यसपछि नास्टमै अक्सिजन सिलण्डर परीक्षणको सेटअप समेत बनाउन थालिएको वैज्ञानिक ढ’कालले जान’कारी दिए । ‘हा’मी भोलि बिहीबारसम्म यो सेटअप तयार पारिसक्छौं,’ टेकपानासँगको कुराकानीमा उनले भने ।’

हाल चीन र भारतमा बनेका अक्सिजन सिलिण्डर नेपाल ल्याउने गरिएको छ । भारतमै अक्सिजन सिलिण्डरको चरम अभाव भइरहेको बेलामा चेपा’लले चीनबाट सहयोग मागिरहेको छ । यसै क्रममा मंग’लबार मात्र हवाई जहाजमा ३०० थान अक्सिजन सिलिण्डर चीनबाट नेपाल ल्याइएको छ । चीनबाट अक्सिजन सिलिण्डर नेपाल ल्याउन धेरै समय र खर्च लाग्ने देखिएपछि नेपालमै यसको विकास गर्न था’लिएको नास्टले जनाएको छ ।

तयार पारिएको अक्सिजन सिलिण्डर ‘प्रेसर टेस्ट’मा सफल देखिएको खण्डमा नेपा’लका उद्यो’गहरुमा तत्कालै बनाउन सकिने बताइएको छ । ‘यो डिजाइनले परीक्षण पश्चात नास्टबाट मान्यता प्राप्त गरेको खण्डमा नेपालका जुनसुकै उद्योगले निश्चित मापदण्डमा रहेर व्यावसायिक रुपमा अ’क्सिजन सि’लिण्डर बनाउन सक्छन्,’ वैज्ञानिक ढकालले भने ।

उनका अनुसार चीन र भारतबाट आउने अक्सिजन सिलिण्डरमा प्रयोग भएकै धातु प्रयोग गरी त्यही स्वरुप तथा डिजाइनमा अक्सिजन सिलिण्डर विकास गरिएको छ । ‘अक्सिजन सिलिण्डर बनाउन हामीले ६ एमएम मोटाइ भएको धातु प्रयोग गरेका छौं,’ उनले भने । नास्टमा विकास भएको अक्सिजन सिलिण्डरको परीक्षण सफल भएको खण्डमा हाल को’रोना महा’मारीका कारण नेपालमा देखिएको विद्यमान अक्सिजन अभावमा ठूलो सहयोग पुग्नेछ ।

अक्सिजन सिलिण्डर मात्र नभ’एर विभिन्न स्थानमा रहेका अक्सिजन प्लान्टको क्षमता बढाउने र त्यसको विकल्पमा गर्न सकिने कामको सन्दर्भमा समेत कोभिड कम्ब्याट मिसनको टिमले प्रयास गरिरहेको वैज्ञानिक ढकालले बताए । -टेकपाना बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय