सोमबार , चैत्र १३, २०७९

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षीय केन्द्रीय सदस्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले वार्ताका नाममा उपयोग गर्न सक्नेतर्फ ख्याल गर्न सचेत गराएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

खनाल-नेपाल पक्षका केन्द्रीय सदस्यको शनिबार भएको जुम बैठकमा बोल्ने केन्द्रीय सदस्यले जेठ २ मा फर्किन ओली तयार भए पनि उनले दाउपेचका रूपमा लिएको हुनसक्ने आशंका समेत गरेका थिए।

बैठकमा ओली पक्षसँगको वार्तामा सहभागि नेताले २०७५ जेठ २ को मोडालिटीमा फर्किने सहमति भए पनि त्यसको मोडालिटी तय हुन बाँकी रहेको जानकारी गराएको केन्द्रीय सदस्य निरज आचार्यले सेतोपाटीलाई जानकारी दिए।

बैठकमा दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए।

उनीहरुले एमाले झगडा मिलाउने वार्तामा गृहमन्त्री रामबहादुर थापा बादलको इन्ट्रीले थप आशंका उब्जिएको बताएका थिए।

‘एमालेको झगडामा बादल आएर समाधान हुँदैन। हाम्रो विवाद सकिएपछि बादलजी बस्नुहुन्छ भनेर भनेकोसमेत नेताहरुले जानकारी गराउनुभएको छ,’ उनले भने, ‘जेठ २ को मोडालिटीमा जानेबारे भद्र सहमति भए पनि दुवै पक्षले आफ्ना-आफ्ना ढंगले गठन गरेका कमिटीलाई कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो लगाउन कार्यदल बनाउन लागिएको समेत हामीलाई जानकारी गराइएको छ।’

कतिपय नेताहरुले भने बादललाई बैठकमा राखेर ओलीले मनोवैज्ञानिक दबाब दिन त लागेका होइनन् भनेर आशंका समेत गरेका थिए।

ओलीले आफ्नो स्वार्थ पुरा गर्न जस्तोसुकै सहमति गर्ने र जुनसुकै बेलामा उलंघन गर्न सक्नेतर्फ सचेत रहनुपर्ने धारणा आएको केन्द्रीय सदस्य दिलु पन्तले बताइन्।

‘ओलीले सहमति गरे पनि कार्यान्वयन नगर्न सक्छन्। त्यस्तो अवस्थामा के गर्ने हो? उनले राष्ट्रिय र अन्तर्राष्ट्रियय रूपमा समेत सबैलाई प्रयोग गर्न सक्छन्,’ केन्द्रीय सदस्यहरुको भनाई उदृत गर्दै पन्तले भनिन्, ‘पार्टी विवाद मिलाउने वार्ता चलिरहेको बेलामा आफूखुशी नियुक्ति रोकिएको छैन। कतै अलमलमा पार्ने अनि बादललाई राष्ट्रिय सभा चुनाव जिताउने र प्रधानमन्त्री पद जोगाउन्जेलसम्मको लागि मात्रै हामीलाई उपयोग गर्नेत होइनन्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय