शनिबार , बैसाख ८, २०८१

“काठमाडौं । नेकपा (एमाले) को विवाद समाधानतर्फ अघि बढेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ता र हिजो भएको दुवै पक्षबीचको वार्ता सकारात्मकतर्फ अघि बढेको छ। पार्टीलाई एक ढिक्का बनाएर लैजान नेताहरु तयार रहेको प्रतिक्रिया आईरहेका छन् ।”

“हिजोमात्रै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दुवै पक्षबाट ६ ६ जना नेताहरु सहभागी भएर समग्र रुपमा कसरी अघि बढ्ने भन्नेबारे प्याकेजमा सहमति खोजिएको थियो । हिजोको वार्ता अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको नेताहरुको दाबी छ ।”

“नेपाल पक्षका नेता भीम रावलका अनुसार शुक्रबारको साँझको वार्ता सकारात्मक भएको छ । उनका अनुसार वार्ता पुनः छलफल गर्नेगरी सकारात्मक ढंगले अगाडि बढेको हो । गम्भीरतापूर्वक भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ गते भन्दा अगाडिको आधार मानेर अगाडि बढाउने गरी कुराकानी भएको उनको भनाइ छ ।”

“यो विषयमा छलफलका लागि कार्यदल सदस्य छनोट गर्ने जिम्मेवारी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाललाई दिइएको छ । ‘हामीले हाम्रो पार्टीको एकतालाई कायम राख्नका लागि र पार्टीलाई अगाडि बढाउनका लागि गम्भीरतापूर्वक छलफल गर्यौँ’, रावलले वार्तापछि पत्रकारसँग भने, ‘२०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो । त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको छ । फेरि तुरुन्तै बसेर वार्ता हुन्छ’ रावलले भने ।”

“वार्ता सुरु हुनुभन्दा अघि पनि अध्यक्ष ओली निकै हर्षित मुद्रामा बैठक हलमा छिरेका थिए र सकिएपछि बाहिरिँदा प्रधानमन्त्रीका कार्यालयअगाडि पत्रकारहरुलाई हात हल्लाउँदै गाडी चढेर फर्केका थिए । माधव पक्षका एजेण्डामा ओली पनि सकारात्मक रहेको बुझिएको छ ।”

“सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरषद्‍को कार्यालयमा भएको वार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडैल, रामबहादुर थापा र लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल सहभागी थिए । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल वार्तामा बसेका थिए ।”

“तस्विरमा पनि पछिल्लो समय परस्पर विरोधीको रुपमा परिचित प्रधानमन्त्री ओली र माधव पक्षधर नेता भीम रावलबीच राम्रै भलाकुसारी भएको देखिन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय