मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

“कुनै पनि व्यक्तिको जन्म सात बार मध्ये कुनै एक दिन हुने गर्दछ । हरेकको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ।”

“ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर नै रहने गर्दछ । आइतबारको दिन सूर्यको हो भने सोमबारको ग्रह चन्द्र हो । मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्दछ ।”

“विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्दछन् । आज हामी तपाईहरुलाई कुन बार जन्मेका व्यक्तिले जीवनमा कति सम्पति कमाउन सक्छन भन्ने विषयमा जानकारी दिन जाँदैछौ ।”

“आईतबार: आइतबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् ।”

“यो बार जन्मिने व्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुशी राख्न अधिक प्रयास गर्छन् । तर यस दिन जन्मेका व्यक्तिहरुलाई २० देखि २२ वर्षको उमेर सम्म दुःख कष्ट हुने गर्छ ।”

“आइतबार जन्मिने महिला दान-पुण्य गर्ने र निकै चलाख हुने गर्छन। यिनीहरुले २२ वर्षपछि अधिक धन लाभ गर्ने अवसर पाउने छन्।”

मेची महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय