शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

जनता समाजवादी पार्टी नेपाल –जसपा)का अध्यक्ष महन्थ ठाकुरले भक्तपुरको डोलेश्वर भिलेज रिसोर्ट एण्ड हाउस प्रालिको बिल चुक्ता गरेका छन् ।आफ्ना स्वकीय सचिव सत्यन्द्र मिश्रामार्फत ठाकुरले ९० हजार ६१ रुपियाँ तिरेका हुन् ।

मिश्रले वैशाख ३१ गते रिसोर्टमा पुगेर पैसा तिरेको डोलेश्वर भिलेज रिसोर्टले जनाएको छ ।जसपाका सांसद, सहयोगीलगायत ३० जनाले खाना खाएका थिए । बैठकका लागि हलको ११ हजार चार्ज तिरिएको छ । त्यसमा हाई टीको व्यवस्था थियो ।लञ्च प्याकेजमा एक जना बराबर १४९० रुपियाँ तिरिएको छ । लञ्च ३० जनाले खाएका छन् ।

ठाकुर समूहले आफ्ना सांसदहरूलाई रिसोर्टमा राखेर लाखौँ रुपियाँ खर्च गरेको भनेर चर्चा भइरहेका बेला जसपाले रिसोर्टमा तिरेको बिल सार्वजनिक गरेको छ । बिल जसपाको नाममा काटिएको छ ।रिसोर्टमा जसपाका सांसदहरूलाई एमालेका नेता महेश बस्नेतले पु¥याएका थिए । बिल भने ठाकुरले तिरेका छन् । सांसदहरूले होटेलमा खाएको ह्वीकीको पैसा बिलमा उल्लेख छैन ।

यो पनि

भारतमा ती’व्र गतिमा फैलिरहेको को’रोना संक्रमणबाट मुख्यमन्त्री ममता बे’नर्जीका भाइको नि’धन भएको छ। भारतको पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीका कान्छा भाइ असीमको को’रोनाबाट नि’धन भएको हो।

कोलकाताको मेडिका सुपरस्पेसिलिटी अस्पतालमा उपचारका क्रममा उनको नि’धन भएको हो। असीमाको शवलाई को’रोना प्रो’टोकल अनुसार दा’हसं’स्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। यस्तै, को’रोनाभाइरस महामारीको दोस्रो लहरबाट स’ङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन्।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८९० जनाको मृ’त्यु भएको छ। भारतमा हालसम्म को’भिड–१९ बाट मृ’त्यु भएकाको संख्या दुई लाख ६६ हजार २०७ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार को’भिड–१९ संक्रमितको कूल संख्या दुई करोड ४३ लाख ७२ हजार पुगेको छ जसमध्ये दुई करोड चार लाख ३२ हजार व्यक्ति सं’क्रमणमु’क्त भएका छन्।

सिधाकुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय