बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

प्रभु बैंक लिमिटेडकी चिफ अपरेटिङ अफिसर रश्मी पन्त सिनियर म्यानेजरमा बढुवा भएकी छन् । पन्तले प्रभु बैंकमा २०१५ मा विजेनश प्लानिंग अफिसरका रुपमा सेवा प्रवेश गरेकी थिईन । त्यसपछि उनले कर्पोरेट हेड, एचआर हेड र चिफ कर्पोरेट प्लानिंग अफिसरका रुपमा प्रभुमा जिम्मेवारी सम्हालेकी थिईन ।

१० वर्षको बैंकिङग करिअरमा उनी सबैभन्दा छिटो छिटो बढुवा हुने अधिकृतमा पर्छिन । पन्त बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि इसिमोडमा कार्यरत थिईन । सिनियर म्यानेजरमा बढुवा भएकी पन्तको घर सुदुरपश्चिमको कंचनपुर हो । कमर्सियल बैंकमा सिनियर म्यानेजर पद भनेको उच्च तहको पोजिशन हो ।

यो पनि पढ्नुहोस –नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको छ ।बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नबिलले युनाइटेडलाई रु ३५ स्वाप रेसियोमा प्राप्ती गर्न लागेको हो ।प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रकृया अगाडि बढँइने छ र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्नेछ ।

सोही अनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यकाभित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । ATM संख्या भने १९० हुनेछ । निक्षेपको आकार रु २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार २ खर्ब माथि हुनेछ ।

नबिल बैंकले मर्जर तथा प्राप्ती प्रकृयामा जान पहिलो पटक यस बर्षको साधारण सभाबाट पारीत गरेको थियो र सोही बर्षनै प्राप्ती सम्झौताको घोषणा पनि गरेको छ । यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनिती अनुसार बजारमा उपस्थित हुनेछ ।

सिधाकुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय