मंगलबार , बैसाख ४, २०८१

काठमाडौं ।

सरकारले अष्ट्रेलियाको राजदूतमा पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ। गत साता मात्रै माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो।

परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका श्रीलंका, दक्षिण कोरियासहित कार्यकाल पूरा नभई राजनितीक प्रतिशोधका कारण एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया सहित अन्य मुलुकमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको हो।

राजदूतमा सिफारिस तुलाधर बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालकी निर्देशक हुन्। उनी पद्मरत्न तुलाधरकी छोरी हुन्।

यो पनि हेर्नुहोस्- रमिते बनाईदै राजदूत पदछिन छिनमा फेरिन्छन् राजदूत
यस्तै कार्यकाल पूरा भइसकेका टोकियोस्थित राजदूत प्रतिभा राणा र मस्कटस्थित शर्मिला पराजुली ढकाललाई अर्को निर्णय नहुन्जेलका लागि कार्यकाल थप गरिएको परराष्ट्र स्रोतले सेतोपाटीलाई जानकारी दियो। राणा कांग्रेस सभापति शेर बहादुर देउवाकी सासु हुन्।

राजदूतले गरेको कामकारबाहीको ‘कार्यसम्पादन मूल्यांकन’ का आधारमा राजदूत नियुक्ति वा पदावधिबारे निर्णय गर्ने भनिए पनि अहिलेसम्म यस्तो प्रबन्ध हुन नसकिएको अष्ट्रेलियास्थित जाकारहरू बताउँछन्।

सरकारको पछिल्लो निर्णयमा पनि राजदूतको कार्यसम्पादन मूल्यांकन हेरिएको छैन, यसअघि पनि थिएन। अष्ट्रेलिायामा पछिल्लो समय नेपाली समाजमा लोकप्रिय रहेका र कुटनीतिक क्षेत्रमासमेत निकै प्रभावकारी भूमिका निर्वाह गरेका दाहाललाई राजनीतिक प्रतिशोधकै कारण फिर्ता बोलाइएको थियो।

सेतोपाटी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय