मंगलबार , बैसाख ४, २०८१

“काठमाडौं ।

अभिनेता एवं निर्देशक शिवहरि पौड्याललाई पनि भाइरस पुष्टि भएको छ । घरमै आइसोलेसनमा रहेका पौडेलको स्वास्थ्यमा स’मस्या सुरु भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगेर आइसियुमा भर्ना गरिएको हो ,”

“राजधानीको नैकापस्थित एपीएफ अस्पतालको आइसियुमा उनको उपचार भैरहेको परिवारका सदस्यले जनाएका छन् । अहिले उनलाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिएको छ ।”

“महामा’री फैलिएपछि नेपालका थुप्रै कलाकार संक्रमित भएका छन् । केही दिन अघि मदनकृष्ण श्रेष्ठलाई भाइरस पुष्टि भएको थियो । ८ दिन अस्पताल बसेर घर फर्केका श्रेष्ठलाई घर पुग्नासाथ फेरी स्वास्थयमा समस्या देखिएपछि दोस्रो पटक अस्पताल भर्ना गरिएको छ । उनलाई अझै घर ल्याइएको जानकारी आएको छैन ।/”

“सम्भवत उनी अझै अस्पतालमै छन् । त्यस्तै कलाकार नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्के पनि आइसोलेसनमा छन् । उनीहरुलाई पनि भाइरस पुष्टि भएको हो । कलाकार केकी अधिकारी र प्रकाश सपुतको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।”

मेची महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय