बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

“पत्रकार ऋषि धमला देखिदा जति ठट्यौलि शैलिका छन् उत्तिनै भावनात्मक पनि छन् । पछिल्लो एक अन्तर्वार्तामा उनी धुरुधुरु रोएको भिडियोले पनि के देखाउँछ भने धमाला निकै सेन्टिमेन्टल छन् । प्राइम टेलिभिजनबाट प्रसारण हुने ‘जनता जान्न चाहान्छन्’ कार्यक्रमका संचालक धमलाकोरोना संक्रमितको उपचारकालागि अक्सिजन र बेडको अभाव भएको भन्दै रोए । उनी बोलिरहदा स्वर भाँसिएको थियो ।”

“उनी निकै भावविह्ल अवस्थामा देखिएका थिए । धमलाले सरकारलाई कोरोना संक्रमितको उपचारमा विशेष पहल गर्न पनि आग्रह गरे । लाईभ कार्यक्रममै धमला रोएको यो पहिलो घट्ना हो । विगतमा भने उनी रिपोर्टस् क्लबमा निर्मलाको बुवा बोलिरहेको बेला रोएका थिए । नेपाली पत्रकारीता क्षेत्रको अत्याधिक रुचाईएका पात्र हुन्, धमला ।”

“लभ मि अर हेट् मि बट् यु क्यानट इग्नोर मि (माया गरेपनि नगरेपनि मलाई नजरअन्दाज नगर’ भनेजस्तै धमलालाई नजरअन्दाज गर्ने कोहि पनि छैन । उनको प्रस्तुतिलाई धेरैले मनपराउने गर्छन् । नेपाली जनताले उनलाई सधैँ लोकप्रिय ठान्छन् । उनले चलाउने हरेक कार्यक्रम युट्युबको ट्रेन्डिङ आउने गर्दछ । प्रश्न सोध्ने शैलि र धमलाको प्रस्तुतिलाई हरेकले रुचाइरहेका छन् । उनी नेपाली संचारमाध्यमको हटकेक नै हुन् ।”

“धमलाले राजनिति देखि मनोरञ्जनका हरेक अन्तर्वार्ता रोचक शैलिमा लिने गर्दछन् । नेपाली राजनितिमा पनि उनको पहुँच निकै बलियो छ । देशमा राजनैतिक उथलपुथल हुन खोज्दा उनी सम्बन्धित व्यक्तिको अन्तर्वार्ता लिन पुगिहाल्छन् । नेताहरु पनि उनैसँग अन्तर्वार्ता दिन रुचाउँछन् ।”

“प्रधानमन्त्री देखि कलाकारहरु र सर्वसाधरण आफ्नो आफ्नो आवाज सर्वत्र पुर्योउनकालागि धमलाकै माध्यम रोज्ने गर्दछन् । देशमा कुनै पनि विषयले चर्चा पायो भने धमला त्यस्को गहिराईमा पुग्न विशेष कार्यक्रम गरिहाल्छन् । त्यसैले त उनलाई जनताले पनि मनपराउँछन् ।” मेची महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय