
एजेन्सी, ३१ बैशाख ।
कोरोना भाइरसको दोस्रो लहर बढेसँगै संक्रमणदर पनि ह्वात्तै बढेको छ । दिर्घ तथा ग’म्भीर प्रकतिका बि’मीको लागि झन् कोरोनाले जोखि’म बढाएको छ । यस्तै रोग मध्ये एक हो मोटोपन । मोटापनको रो’गीका लागि सं’क्रम’णले झनै गा’ह्रो बनाइदिन्छ ।
डाक्टरहरुको अनुसार सामान्य मानिस दुई हप्तामा नै रिक’भर हुन्छन भने दि’र्घरो’गीहरुलाई धेरै दिन लाग्छ । मोटोपन भएका मानिसहरुलाई अक्सिजन कमी हुने सम्भावना धेरै हुनाले भे’न्टि’लेटरको आवश्यकता बढी पर्न सक्छ । यसकारण पनि यसको उपचार चुनौतीपुर्ण हुन्छ ।
मोटोपनाले कसरी ख’तरा बढाउछ ?
मोटोपन भएका व्यक्तिहरुमा धेरै बोसो हुन्छ, यीनीहरुलाई पातलो मानिसलाई भन्दा संक्रमण निको हुन समय बढी लाग्छ ।
पेटमा भएको बोसोको चापले फोक्सोको कार्य क्षमतामा ह्रास ल्याउँछ । फोक्सो मोटो हुनाले संकुचन हुन्छ जसको कारण काम गर्न गाह्रो हुन्छ । कोरोना संक्रमण भएका मोटा ब्यक्तिहरुलाई अन्य व्यक्तिलाई भन्दा भेन्टि’लेटरको आवश्यकताको बढी सम्भावना हुन्छ ।
यदि शरीरमा अक्सिजनको मात्रा घट्दै गएमा मोटोपन भएका व्यक्तिहरुको बाच्ने सम्भावना कम हुन्छ ।
मोटोपनका व्यक्तिहरुलाई संक्रमणमुक्त हुन धेरै समय लाग्छ । मोटोपनले प्रतिरक्षा स्लीप एपनियामा पनि अक्सिजन स्तर कम राख्छ ।
बोसो धेरै भएमा चाडैनै शरीर सु’न्निन थाल्छ । यो समस्या हुँदा प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले भाइरसको संक्रमणले सजिलै अ’सर गर्न सक्छ ।
मोटोपना घटाउन के गर्ने
मोटोपन घटाउन सबैभन्दा पहिला त जीवनशैली परिवर्तन गर्नुपर्छ । दैनिक व्यायामको साथमा स्वस्थ आहार सेवन गनुपर्छ । दिनहुँ ३० मिनेट हिड्नुपर्छ । भुटेको खाना खान हुँदैन । सम्भव भएसम्म खानेकुराको तालिका बनाएर फलफुल र मौसमी तरकारीहरु खाने गर्नुपर्छ ।
रिपोटर्स नेपाल