शुक्रबार , चैत्र १६, २०८०

सुन्दा सामान्य लाग्न सक्छ, बच्चालाई राति सुत्ने समयमा आमा बाबुसँगै सुताउने कि छुट्टै सुताउने ? गाउँघरमा बच्चालाई सँगै सुताउनुहुन्न भन्नेमा एउटा चर्चित उक्ति नै छ । विशेषगरी गाउँघरमा आमाबाबुको बीचमा बच्चालाई कहिलै पनि सुताउनुहुन्न भन्ने मान्यता राखिन्छ । तर सहरी भेगमा यसबारेमा खासै चासो दिएको पाइँदैन ।बच्चालाई आफूसँगै सुताउने कि नजिकै छुट्टै सुताउने भन्ने कुरा सामान्य सुने पनि जटिल समस्या हो । अझ काठमाडौं जस्ता सहरी भेगमा एउटा कोठामा गुजारा चलाउने परिवारको लागि यो निर्विवादित विषय हो कि एउटै खाटमा आमाबाबु र बच्चा सुत्ने गर्छन् ।

आमा वा बच्चाको लागि स्वास्थ्यवर्द्धक :बच्चालाई सुरूदेखि नै छुट्टै सुत्ने बानी बसाउनु आमा वा बच्चाको लागि स्वास्थ्यवर्द्धक कुरा हो । यसको कैयौं लाभहरू हुन्छन् । बच्चालाई अलगै सुताउँदा आमाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पार्ने गर्छ । छुट्टै सुताउँदा आमाको पनि निद्रा पूरा हुन्छ भने बच्चा पनि एउटा सिङ्गै खाटमा आरामसँग सुत्न सक्छ । यसले आमा र बच्चाको लागि समेत स्वास्थ्य सन्तुलनमा राख्न सकिन्छ । यसका विपरीत छुट्टै सुत्ने क्रममा आमालाई भने बच्चाको हात खुट्टा शरीरले च्यापियो कि ? भन्ने समस्याले सताउने गर्छ । तर बच्चासँग छुट्टै सुत्दा हुने बेफाइदाहरूभन्दा फाइदा धेरै छन् ।

आमाको लागि हुन्छ भरपुर निद्रा :कहिलेकाहीँ यस्तो पनि सुन्नमा आउन सक्छ कि गहिरो निद्रामा हुँदा आमाको हात बच्चाको मुखमा या अन्य शरीरमा नै गएर पनि बच्चालाई समस्या भएका समाचारहरू आउने गर्छ । त्यो समस्याको चिन्ताबाट मुक्ति पाउन एवं आमाको पूरा निद्राको लागि बच्चालाई नजिकै राखे पनि एउटै खाटमा नसुतेकै राम्रो हुन्छ । दिनभर काम गरेर आएकी आमाको लागि निश्चिन्त भएर सुत्नु आवश्यक हुन्छ । त्यसको लागि बच्चालाई आफू सुत्ने खाटभन्दा अलगै राख्नु राम्रो हुन्छ ।

फेरि बच्चालाई अलगै सुताउने भन्नुको अर्थ नवजात शिशुलाई पनि अलगै सुताउनु भन्ने चाहिँ होइन। नवजात शिशुलाई भने आमाको काख या आमाको साथमा नै सुताउनुपर्छ । प्रायः बच्चाहरु रातमा यताउता पुग्ने गर्छन् । एउटा कुनामा सुताएको बच्चा भोलिपल्ट अर्काे कुनामा पुग्ने गर्छ । त्यसैले बच्चाको लागि तयार पारेको ओछ्यान चारैतिर बारिएको खालको हुनुपर्छ । यद्यपि नवजात शिशुलाई भने एकातिर आमाले ढाकेर सुत्ने भएकोले त्यस्तो आवश्यक नपर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय