मंगलबार , बैसाख ४, २०८१

काठमाडौं।

एक युवतीले डेटिङ एप टिण्डरमार्फत एक युवकसँग मित्रता गरिन् । उनीहरु तीन पटकसम्म साथमा डेटिङ गए तर त्यसपछि युवतीले युवकलाई वास्ता गर्न छाडिन् । युवतीले वास्ता गर्न छाडेपछि ती युवकले डेटिङमा खर्च भएको पैसा फिर्ता मागेपछि अहिले ती युवती चकित परेकी छिन् ।

युवकले ३ पटकको डेटिङमा आफूले युवतीको खाना र पेय पदार्थमा गरेको खर्च भन्दै ३५ डलर (४ हजार रुपैयाँ) फिर्ता मागेका हुन् ।

द सनमा प्रकाशित रिपोर्टअनुसार अमेरिकाको विस्कन्सिनकी एलेक्स कोलबोथ नामकी युवतीलाई ती युवकले म्यासेज पठाउँदै आफूहरु डेटिङमा जाँदाको खर्च दुवैले बराबर ब्यहोर्दा मात्र उचित हुने बताउँदै आफूले ३ पटकको डेटिङमा उनको लागि खर्च गरेको रकम ३५ डलर निर्धारण गर्दा उचित हुने र त्यो रकम आफूलाई फिर्ता दिइनुपर्ने बताएका छन् । उनले तीन पटकको डेटिङमा रेष्टुरेण्ट, बारमा आफूले पैसा तिरेको बताएका छन् ।

युवकले एलेक्स इमान्दार भएको आफूलाई विश्वास भएको भन्दै उनलाई पैसा तिर्न सजिलो होस् भनेर म्यासेजमै आफ्नो भेनमो अकाउन्टको लिंकसमेत पठाएका छन् ।

एलेक्सले भने युवकले यस्तो म्यासेज पठाएपछि म्यासेजको स्क्रिनशट ट्वीटरमा शेयर गरेकी छिन् । ट्वीटरमा भने मानिसहरुले यस विषयमा विभाजित प्रतिक्रिया दिएका छन् ।

केहीले यो माग जायज भएको भनेका छन् केहीले भने यदि पछि पैसा माग्ने भए पहिल्यै यो कुरा बताउनुपर्ने बताएका छन् । उनीहरुले युवकले स्वेच्छाले पैसा तिरेकोले फिर्ता माग्न नमिल्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय