बिहिबार , बैसाख १३, २०८१

“काठमाडौं“

“नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले तत्काल आफू पक्षीय सांसदहरूले सामूहिक राजीनामा नदिने र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन छलफल गर्ने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असन्तुष्टि व्यक्त गरेका छन्।”

“बिहीबार साँझ आकस्मिक रूपमा बसेको पार्टी स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले माधव नेपाल आफूले गरेको प्रतिवद्धताबाट पछि हटेको बताएका थिए।उनले ‘धोका’ शब्दको प्रयोग नगरे पनि त्यस्तै आशयको ब्रिफिङ भने गरेका थिए।”

“माधवजीले हामी जस्तोसुकै त्याग गर्न तयार छौं भनेर भन्नुभएको थियो। देउवाजीलाई पनि यही प्रतिवद्धता जनाउनुभएको हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने,’पहिला २८/३० जनाले राजीनामा दिन्छौं भन्नुभएको थियो। केही नभए राजनीतिक रूपमा मैले, झलनाथ खनाल र भीम रावलले राजीनामा दिन्छौंसमेत भन्नुभएको थियो। तर अन्तिम समयमा उहाँ कुन दबाबमा पर्नुभयो थाहा भएन”

“राष्ट्रिय,अन्तर्राष्ट्रिय र आफैंभित्रको दबाबले माधव नेपाल पछि हटेको समेत प्रचण्डले बताएका थिए। जति गरे पनि गणित नपुगेपछि केही नलागेको भन्दै प्रचण्डले तीन दलले सरकारको दाबी गर्न जाउँ भन्दा नपुग्ने बहुमतमा नजाने भन्दै देउवाले नमानेको समेत बताएका थिए।माधव नेपालको कदमले नेपालको वाम आन्दोलनलाई नै धक्का लागेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले बताए।”

‘उहाँ सुरूदेखि नै एमालेभित्रै गएर झगडा गरेको भए सबैले आफ्नो सुर गरिसकेका हुन्थे। कांग्रेसमा देउवा र पौडेल झगडा गरेजस्तै गरेको भए त्यो राम्रो हुन्थ्यो,’ उनले भने,’शुक्रबारको भेटसमेत कुनै नेताको घरमा भएको भए त्यसले सकारात्मक सन्देश जान्थ्यो। तर व्यापारीको घरमा बसेर यिनलाई मिलाउने पनि बिचौलिया हुन भन्ने प्रष्ट देखिएको छ। फेरि पनि दलाल पुँजीवाद हावी भयो।’माओवादी केन्द्रका अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले माधव नेपाल पक्षले विचारको भन्दा पनि विधि र पद्धतिको लडाइँ गरेकाले यस्तो अवस्था आएको बताए”

“विचारको संघर्ष भयो भने अघि बढ्न सकिन्छ। तर उहाँको र उहाँका टिमका धेरै साथीहरूको लडाइँ ओलीको प्रवृत्तिसँग थियो। ओलीले विधि र विधानअनुसार चल्छु भनेपछि सबै मिलिहाल्यो,’ पोखरेलले भने,’उहाँहरूले सुरूदेखि नै जेठ २ भन्नुभएको थियो। यो भनेको विचारको लडाइँ होइन। यसले दीर्घकालीन रूपमा माधवजीलाई नै घाटा पुर्‍याउँछ।’

“पोखरेलले नेपालको कदमले कांग्रेससमेत आक्रोशित भएको बताएनेपालको कदमलाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पक्षले भने बाध्यताको रूपमा बुझेको छ।”

‘उहाँले धेरैतिर आश्वासनसमेत दिनुभएको थियो। आफ्नै पार्टीको सरकार ढाल्न सकिन्छ कि भनेर उहाँ पटक-पटक कांग्रेस र माओवादी नेताका घरमा पुग्नुभयो। यसले उहाँलाई नै बिस्तारै अप्ठेरो पार्छ,’ ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने,’आफैंभित्रका साथीहरू तयार नभएपछि उहाँ एमालेमै रहने निर्णयमा पुग्नुभएको हो। यो पार्टीका लागि सकारात्मक पक्ष हो। जुन निर्णय गर्नुको विकल्प उहाँसँग थिएन।’सांसद पदबाट राजीनामा दिने भने पनि अन्तिम अवस्थामा नेपालसँग १० जना सांसदसमेत नहुने भएपछि नेपाल पक्ष पछि हटेको ती नेताको दाबी छ।”

मेचि महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय