बिहिबार , बैसाख १३, २०८१

“काठमाडौ ।

नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले कुनै बेला भनेका थिए केपी शर्मा ओलीले भन्नुभयो भने म धरहरावाट पनि हाम फालिदिन्छु । विहिवार उनले आफ्नो त्यो भनाई चरितार्थ गरे । ओलीको प्रधानमन्त्री पद जोगाउन उनले निभाएको भुमिका ओलीका लागि प्रशंसायोग्य छ ।”

“विहिवार ओलीविरोधी गठबन्धनलाई बहुमतको सरकार बनाउनबाट रोक्न बस्नेत नै सबै भन्दा सक्रिय थिए । उनले जनता समाजवादी पार्टीका १३ सांसद भक्तपुरस्थित सिपाडोलको रिसोर्टमा राख्ने र खुवाउने सबै ब्यवस्था मिलाए । ओली इतरका पार्टीलाई वहुमत पुर्याउन नदिन जसपाकै महन्त ठाकुरले आफ्ना पक्षका सांसदलाई रिसोर्टमा लगेका थिए । त्यहाँ १३ सांसद पुगे । जसको सबै ब्यवस्थापन बस्नेतले गरेको बताइएको छ । उक्त रिसोर्ट उनी निकटस्थहरुकै लगानीमा सञ्चालित छ ।”

“बबरमहलस्थित जसपा सम्पर्क कार्यालयबाट सांसदहरुलाई गाडी चढाएर डोलेश्वर लगिएको थियो । भक्तपुरको सुर्यविनायक नगरपालिका ८ को सिपाडोलस्थित डोलेश्वर भिलेज रिसोर्टमा एमाले नेताहरुको लगानी समेत रहेको छ । लगानीकर्ताहरु बस्नेत निकट हुन् ।”

“१३ सांसदको व्यवस्थापनमा स्वयं महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, डोलेश्वर भिलेज रिसोर्ट रहेको वडा नं ८ का अध्यक्ष किरण थापा सक्रिय रहे । थापा उक्त रिसोर्टका लगानीकर्ता पनि हुन् ।”

“यसअघि बस्नेतले तत्कालीन समाजवादी पार्टी नेपाललाई विभाजन गर्न महोत्तरीबाट सांसद डा।सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए । तर, यादवले पछि आफूलाई अ प ह र ण गरिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । सोही घटना पछि बस्नेतले उनले ओलीले भने धरहरावाट हाम फाल्ने बताएका थिए । चर्चामा आयो ।”

मेचि महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय