शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन असफल भएको छन् । प्रधानमन्त्री ओलीद्वारा पुस ५ मा विघटित प्रतिनिधिसभा ११ फागुनमा पुनस्र्थापित भएयता वैकल्पिक सरकार निर्माणको प्रयास भएपनि अन्ततः आज असफल भएको छ ।

आफैले संसदको विषेश अधिवेशन बोलाए सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओली विफल भएपनि नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धन विकल्प दिन असफल भएको छ । ओलीले विश्वासको मत गुमाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दललाई बहुमतको सरकार बनाउन आज राति ९ बजेसम्म समय दिएकी थिइन् ।

बहुमतको सरकार गठनका लागि काँग्रेस–माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षबीच भएको भगीरथ प्रयास असफल सिद्ध भयो ।

ओलीको विकल्प दिने निर्विकल्प एजेण्डा बनाएका नेताहरुको अलमल र अन्योलताले विपक्षी रणनीति असफल भएको देखिन्छ । त्यसमा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले मात्र काम गरेको छैन । सरकारको नेतृत्व लिन कसिएको काँग्रेसमै पनि केही समस्या देखिन्छ ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय