शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

“काठमाडौ । प्रधानमन्त्री ओलीले संसदवाट विश्वासको मत जित्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय विहिवार सकिदैछ । तर पछिल्लो समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने कुरामा जसपाका नेता तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई अनिच्छुक देखिएका छन् ।”

“कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरीसकेको छ । त्यसका लागि देउवाले पहल पनि थालेका छन् ।तर देउवाको नेतृत्वमा सरकार बनाउने कुरामा सहयोगी मानिएको जनता समाजवादी पार्टीकै संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले यसमा असहमति जनाउने संकेत गरेका छन्।”

“जसपामा अध्यक्ष महन्थ ठाकुर यस अघि नै नयाँ सरकार बनाउने पक्षमा नरहेको बेलामा डा भट्टराईको फेरी नयाँ कुरा आएको छ । यस्तो प्रवृत्तिले नयाँ सरकार बनाउने कुरा फेरी अप्ठेरोमा पर्ने देखिएको छ । डा। भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीको विकल्प खोज्नुपर्ने विषयमा जोडदार रूपमा लागिपरेको छ।”

“तर यहीबीच बुधबार बिहान सामाजिक सञ्जालमार्फत डा। भट्टराईले देउवाको नेतृत्वमा सरकार बनाउन नमान्ने संकेत गरेका हुन्। पूर्वप्रधानमन्त्री डा। भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन्।”

“उनले देशको संकट समाधानका लागि ४ उपाय प्रस्तुत गर्दै संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान र पूर्वप्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाई एक वर्षभित्र चुनाव गर्नुपर्ने धारणा अघि सारेका छन्।”

“डा। भट्टराईले लेखेका छन्, ‘देशको संकट हल गर्न यसो गरौं स् १। धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमानरपूर्वप्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २। दलका प्रमुखरपूर्वप्रम रहेको निर्देशक समिति, ३। साझा न्यूनतम कार्यक्रमरकोभिड नियन्त्रण, टीआरसीरमुद्दा, संविधान संशोधन, आर्थिक राहत इ। लागू ४। एक वर्षभित्र चुनाव।’

मेचि महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय