बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

विगत पन्ध्र वर्षदेखि ब्युटिपार्लर सञ्चालन गरेर खर्च धान्दै आएकी शान्ता शाहलाई हिजोआज मुश्किल छ। घर चलाउन श्रीमानको भ’र पर्नुपर्छ। पार्लरको भाडा तिर्न पनि अरूसँगै पैसा सापटी माग्न बाध्य छिन्।

एक लाख लगानीमा पन्ध्र वर्षअगाडि कलंकीमा लोटस ब्युटिपार्लर सञ्चालन गरेकी उनले सामान्य अवस्थामा राम्रो कमाउँथिन्। तीन जनाको परिवार खर्च उनको कमाइले धानिएको थियो। तर कोभिड ‘सुरू भएसँगै कारण लामो समय पार्लरको काम ठप्प भएपछि उठ्न नसक्ने गरी थला परेको उनी बताउँछिन्।

‘काठमाडौंमा एउटा सानो घर बनाएका छौं। श्रीमानको कमाइ घरको किस्ता तिर्न छुट्याएर पार्लरको पैसाले मैले खर्च चलाउँदै आएकी थिएँ,’ उनी भन्छिन्, ‘अब त तरकारी किन्ने पैसा पनि श्रीमानसँग माग्नुपरेको छ। पार्लर खोल्न सक्ने अवस्था छैन। यही बेला पार्लरको भाडा बढ्यो, कसरी तिर्ने हो, भेउ पाएकी छुइनँ।’

शान्ताका अनुसार पार्लरको भाडा मासिक पाँच हजार रूपैयाँ थियो। गत वैशाखदेखि घरबेटीले तीन हजार बढाएर आठ हजार पुर्‍याए। कोरोनाको जोखिम लामो समय रहिरहने हो भने पार्लर निरन्तर सञ्चालन गर्न सक्ने अवस्था छैन।

‘पार्लर कहिलेसम्म बन्द गर्नुपर्ने हो थाहा छनै। सटर थुनेर कहाँबाट भाडा ल्याएर तिर्नु? यस्तै भयो भने अब सधैंलाई बन्द गर्नुपर्छ,’ उनले सेतोपाटीसँग भनिन्।

ब्युटिपार्लर सञ्चालक महिलाहरूलाई सरकारले केही राहत तथा सहुलियत ब्याजमा ऋण उपलब्ध गराइदिए सहज हुने उनको भनाइ छ।

को–भिडका कारण सानादेखि ठूला लगानीका पार्लर नराम्रोसँग थलिएका छन्। को–भिड सुरू हुनुअगाडि मात्रै खुलेका पार्लर त झन् उठ्न सक्ने अवस्थामै छैनन्।

दुई वर्षअगाडि मात्रै  मित्रनगर, नयाँ बसपार्कमा सञ्चालनमा आएको गुडविल ब्युटिपार्लर एन्ड स्पाको अवस्था नाजुक छ। पार्लर सुरू गरेको केही समयमै कोरोना फैलिन थाल्यो। पार्लर तथा स्पाका सबै काम ठप्प भए। लामो समय थलिएर उठ्ने कोशिस गर्न नपाउँदै दोस्रो लहरको कोरोनाले निषेधाज्ञा निम्त्यायो।

‘भाडा नै साढे दुई लाख छ। पहिलेको भाडा तिर्न सकेको छैन। भाडा घटाइदिनुपर्‍यो भने पनि घट्दैन होला। यसरी सबै बन्द गरेर भाडा तिरिराख्ने अवस्था छैन। तत्काल खुले पनि चल्न धेरै समय लाग्छ,’ पार्लर सञ्चालक इन्दु वैद्यकी बुहारी कमला श्रेष्ठले सुनाइन्।

राज्यबाट केही सहयोग नभए पार्लर सञ्चालन गरेर आत्मनिर्भर बनिरहेका महिलाहरू पलायन हुने उनी बताउँछिन्।

‘यस्तो अवस्था कहिलेसम्म रहने हो, सटर बन्द गरेर भाडा तिर्न सक्ने अवस्था अब छैन।’

सुरूमा सानो लगानीबाट पार्लर चलाएकी उनले कोभिडभन्दा केही समयअगाडि मात्रै लगानी बढाएकी थिइन्। एकेडेमिक पार्लरका रूपमा विस्तार गरी ब्युटिपार्लरसँगै बार्बरको काम पनि सुरू भएको थियो।

सेतोपाटी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय