बिहिबार , बैसाख ६, २०८१

कोरोनाभाइरस महामा’रीको दोस्रो लहरले भारतमा सबैभन्दा धेरै असर पारेका छ र शहरका साथै अब गाउँका मानिसहरु पनि यो भाइरसद्वारा संक्रमित भइरहेका छन् । यसका कारण थुप्रै मानिसहरु भाइरसलाई भगाउनका लागि विभिन्न तरिका अपनाइरहेका छन् । यद्यपि, डाक्टरले लगातार यी उपायबाट बच्न सल्लाह दिने गरेका छन् ।

गुजरातमा केही मानिसहरु आफ्नो शरीरमा गाईको गोबर दलिरहेका छन् भने गहुँत सेवन गरिरहेका छन् । उनीहरुका अनुसार यसले कोरोनाविरुद्धको लडाईंमा प्रतिरोधी क्षमता बलियो बनाउन सकिन्छ र कोरोनाभाइरस भइहालेता पनि यसले यो खतरनाक भाइरसलाई बचाउनेछ ।

यो विषयमा रोयटर्ससँग कुरा गर्दै एक फर्मा कम्पनीका असोसिएट म्यानेजर गौतम मणिलाल बोरिसाले यसो गर्नेमा थुप्रै डाक्टरहरु पनि छन् ।उनी पनि गाईको गोबर र गहुँतले प्रतिरोधी क्षमता राम्रो हुने र त्यसपछि कोभिडका बिरामीको उपचार कुनै डर बिना नै गर्न सकिने मान्यता राख्छन् ।

गौतमले आफू श्री स्वामीनारायण गुरुकुल विश्वविद्यालय प्रतिष्ठानमा गएर यो ‘थेरेपी’ गरिरहेको बताए । गौतमको दाबी अनुसार उनी अघिल्लो वर्ष कोरोनाद्वारा पोजेटिभ भएका थिए तर यही थेरेपीको सहाराले उनले यो खतरनाक भाइरसलाई परास्त गर्न सफल भएका थिए ।

उनीहरु सुरुमा गाईलाई अँगालो हाल्छन् र त्यसपछि आफ्नो शरीरमा गाईको गोबर लगाएर योगा गर्छन् ।यद्यपि, भारतका थुप्रै डाक्टर र वैज्ञानिकले कोरोनाको यो मनगढन्ते उपचार प्रक्रियाको विषयमा चेतावनी जारी गर्दै आएका छन् । यी डाक्टरले यस्तो तरिका अपनाउँदा मानिसहरुको समस्या थप बढी जटिल हुनसक्ने बताएका छन् ।

यो मामिलामा इन्डियन मेडिकल असोसिएशनका नेशनल प्रेसिडन्ट डाक्टर जेए जयलालले गाईको गोबर वा गहुँतमार्फत् कोरोनाविरुद्धको युद्धमा प्रतिरोधी क्षमतालाई बलियो बनाउन सकिन्छ भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन् । उनका अनुसार यो पूर्ण रुपमा आस्थामा आधारित छ र यसले स्थितिलाई जटिल बनाउने कुरामा स्पष्टता छ ।

उनका अनुसार गाईको गोबर खाँदा जनावरबाट मानिसमा सर्ने रोगको खतरा बढ्ने गर्छ । यसका साथै यस्तो गर्दा कोरोनाको संक्रमणको खतरा पनि निकै बढ्ने गर्छ किनभने गहुँत र गोबरको थेरेपी लिन धेरै मानिसहरु एकै स्थानमा जम्मा हुन्छन् जसका कारण सामाजिक दुरीको स्थिति बिग्रन थाल्छ ।

स्मरण रहोस्, भारतमा कोरोनाका कारण हालसम्म २ लाख ४६ हजारको मृ’त्यु भइसकेको छ । थुप्रै विज्ञले यो आँकडा पाँच गुणा बढी हुनसक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय