मंगलबार , बैसाख ४, २०८१

काठमाडौं ।

एमाले नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अध्यक्ष केपी ओलीसँग झुक्न नहुने बताएकी छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेका बेला माधव नेपाल पक्षकी नेतृ झाँक्रीले ठोस प्रस्ताव विनाको संवादको अर्थ समेत नहुने बताएकी हुन् ।

‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न । आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ ।

ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन’, सामाजिक सञ्जाल फेसबुकमा झाँक्रीले लेखेकी छन् ।

साथै उनले ओलीले संसद विघटन सही थियो भन्ने प्रमाणित गर्न यो सवै भइरहेको समेत दावी गर्दै जनता, लोकतन्त्र र संविधानको लागि हाम्रो अगाडी एक मात्र विकल्प भएको र आ’त्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्ने बताएकी छन् ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय