शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

हावा बाट समेत को-रोना भाइरस सर्नसक्ने तथ्य फेला, डब्ल्यूएचओले समेत स्वीकार गर्याे (भिडियो हेर्नुस्) । को- रोना भाइरसलाई महामारी घोषणा गरेको लगभग एक वर्षपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) अन्ततः को- रोना भाइरस हावाबाट पनि फैलन सक्ने स्वीकार गरेको छ ।

डब्ल्यूएओले भनेको छ, ‘भाइरस खराब भेन्टिलेशन वा भीडभाडयुक्त बन्द स्थानमा पनि फैलन सक्छ जहाँ मानिसहरु लामो समयसम्म बस्छन् किनभने एयरोसोल हावामा एक मिटरभन्दा पनि परसम्म जानसक्छ ।’ नयाँ अनुसन्धानले को- रोना संक्रमण हावाको माध्यमबाट समेत सर्नसक्ने तथ्य पत्ता लगाएको छ । को- रोना भाइरस थुकको छिटाहरूबाट मात्र नभएर हावामा रहेको मसिना कणहरूबाट पनि सर्ने देखिएको छ ।

संक्रमित बसेको कोठामा रहेको हावाबाट लिएको नमुना परीक्षण गर्दा यस्तो तथ्यको पुष्टि भएको अन्तर्राष्ट्रिय अध्ययनमा उल्लेख छ । विश्वप्रसिद्ध जर्नल द ल्यान्सेटमा प्रकाशित वैज्ञानिकहरूको अध्ययनलाई आधार मान्ने हो भने को- रोना भाइरस हावामा पनि निश्चित समय जीवित रहन सक्छ । त्यसैले भेन्टिलेसन राम्रो नभएको बन्द कोठामा को- रोनाको संक्रमण तीव्र हुने जो-खिम रहेको बिज्ञ बताउछन् ।

आइसोलेसन सेन्टर र क्वारेन्टाइनको निर्माण गर्दा प्रर्याप्त मात्रामा हावा ओहोरदोहोर हुनुपर्ने साथै अस्पतालमा कोरोनाका बिरामी बस्ने वार्डमा पर्याप्त भेन्टिलेसन हुनुपर्ने देखिन्छ । संक्रमित व्यक्तिहरू रहेको हावाको वरपर वातावरणमा को- रोनाको भाइरस मसिना कणहरूमा रहने हुँदा संक्रमितको नजिकैको वातारणबाट हुन सक्ने संक्रमणको सम्भावनालाई रोकथाम गर्न जनस्वास्थ्यका नयाँनयाँ मापदण्डहरू तय गर्न आवश्यक रहेको बिज्ञको सुझाव छ ।

अध्ययनलाई आधार मान्दा को- रोनाको संक्रमणबाट जोगिन वर्तमान जनस्वास्थ्यका नियमहरूको पालना सँगै थप नयाँनयाँ जनस्वास्थ्यका मापदण्डहरू पनि ल्याउनुपर्छ । सरुवा रोगका बिरामी राख्ने अस्पताल बस्तीबाट टाढा हुनुपर्ने मापदण्ड भएपनि हाल सबै अस्पतालमा को- रोनाका बिरामी राख्नु पर्ने बाध्यता छ ।

इन्फो नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय