मंगलबार , बैसाख ४, २०८१

काठमाडौं ।

`म हिरो भएकोमा बुबाले सँधै गुनासो गरिरहनुहुन्थ्याे, मैले कहिल्यै खुसि दिन सकिन´ भन्दै भावुक बने राजेश हमाल (भिडियाे हेर्नुस्) । कुनैबेला नेपाली भाषामा वर्षभरी एउटा फिल्म बन्न पनि मुस्किल थियो । फिल्मी क्षेत्रमा करिअर बनाएर कहाँ पुगिन्छ भन्ने टुङ्गो थिएन ।

यो क्षेत्रमा भविष्य खोज्नु नै मुर्खता मानिन्थ्यो । त्यही अन्यौलका बीच फिल्म क्षेत्रमा प्रवेश गरेका राजेश हमालको फिल्म यात्राले ३३ वर्ष पूरा गरेको छ । यात्रा यति लामो होला भन्ने उनले कल्पना सम्म पनि गरेका थिएनन् । तीन दशकमा राजेश हमाल नेपालका सर्वाधिक रुचाइएका अभिनेतामात्र बनेनन् ‘हिरो’को पर्याय नै बने ।

आज राजेशले खनेको बाटोमा यात्रा गर्ने अनगिन्ती यात्रीहरु थपिएका छन् । उनी आफ्नो विगतलाई अद्भूत यात्राको संज्ञा दिन्छन् । राजेशले फिल्म गर्दा व्यवसायिक मसला फिल्म बन्थे । उनले त्यस्तै फिल्म गरे । पछिल्लो समय यता चरित्रचित्रणका विषय उठ्न थालेका छन् ।

अभिनेता हमाल त्यो बेला फिल्म गर्दा पनि चरित्रमा मिहेनत गर्ने गरेको बताउँछन् । मजदूरको चरित्र गर्न मजदूरसँगै १ हप्ता संगत गर्नुपर्ने, समय बिताउनुपर्ने बिचार त्यतिबेला थालनी भइसकेको थिएन । तर उनले ‘सेन्स अफ एम्पथी’ प्रयोग गरे ।

इन्फो नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय