शुक्रबार , चैत्र १६, २०८०

खुसिकाे खबर ! रुसले बनायाे एक डोज लगाए पुग्ने खोप, ५० लाख डोज नेपाल ल्याउने यस्ताे तयारी (पूरा पढ्नुहाेस्) ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको को- भिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी को-भिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभाबकारी रहेको दावी गरेका छन् ।

उनले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गरेका हुन् । उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार बोल्दै उनले खोपबारे उक्त भनाइ राखेका हुन् । रूसी स्वास्थ्य अधिकारीहरूले बिहीवार रुसमा निर्मित स्पुत्निक लाइट (स्पुतनिक–भी) को-भिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो ।

विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनु पर्ने नै भएपनि स्पुत्निकको एकै मात्राले कोभिड–१९ उपचारमा निकै सफलता पाएको बताइएको छ । स्पुत्निक–भी खोप अक्सफर्ड र अस्ट्राजेनेका तथा जनसन एण्ड जनसन ले तयार पारेका खोप बराबर नै प्रभाबकारी रहेको रूसको दावी छ ।

नेपाल ल्याउने तयारी:- यो रसियन खोप ‘स्पुतनिक भी’ नेपाल ल्याउनलाई औषधि व्यवस्था बिभाग डीडीएले अनुमति दिएको छ। लोमस फर्मालाई ५० लाख डोज रसियन खोप आयातको लागि अनुमति दिईएको बिभागले जनाएको छ ।बिभागका अनुसार लोमसलाई १० प्रतिशत भन्दा मुनाफा लिन नपाउनेगरि लोमसलाई ५० लाख डोज खोप ल्याउने अनुमती दिइएको हो ।

रसियन खोप आयातका लागि लोमसले आवेदन दिएको विभागले अप्रिल २८ मा जानकारी दिएको थियो । ‘स्पुतनिक भी’ खोप रसियन सरकारको आफ्नै उत्पादन भएकाले अनुमती पाएको ५० लाख डोज खोप ल्याउने प्रकृया सरकारी स्तरबाटै भएको बताईएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय