
काठमाडौं ।
यस अप्ठेरो समयमा धेरै जना पिडामा छन् । कति सँक्रमित अक्सिजन र उपचारको अभावमा छन् कतिलाई भोकको पिडा छ । यसैबिच केहि दिन अघि काठमाडौंको नारायणस्थानमा एक हुम्लाका युवा भोकै तिन दिनदेखि बिरामी भएर छटपटिरहेको खबर आयो ।
शिशिर भण्डारी सहयोग लिएर पुगे । यसैबिच शिशिरले आफ्नो फेसबुकमा यस्तो लेखे- ‘हुम्लाको २३ बर्षिय नरेन्द्र भाई र उनको भाई काठमाडौं, नारायणस्थानको एक कोठामा ३ दिनदेखि भोकै रहेको र नरेन्द्र बिरामी समेत रहेको भिडियो आईसकेपछि देश तथा बिदेशबाट धेरै महान सहयोगीहरुले सहयोग गर्नुभयो ।
यतिबेला नरेन्द्रको कोठामा खाद्यान्नको अभाव छैन, काठमाडौं र छेऊछाऊका ठाउँमा हामी नै पुगेर सहयोगीहरुबाट सहयोग बटुल्यौं । रुखबाट लडेर बिगत ३ बर्षदेखि नशाको समस्याका कारण थलिएका नरेन्द्र भाईलाई अब उपचारको खाँचो रह्यो ।यस अघि नै भाईको उपचार प्रयाश भएको रहेछ, डक्टरको अनुसार उनको पुर्ण उपचार सम्भव छैन, केवल थेरापीकै माध्यमबाट अवस्थामा सुधार आउँछ ।
त्यसको लागि आज थेरापी मेसिन किनेर उनको कोठामा लगिएको छ । मेसिन लगेर कोठामै थेरापी गरिरहँदा नरेन्द्रको खुशीको आँशु झर्यो । नरेन्द्रका भाई राम बहादुर पनि ‘अब दाई ठिक हुने भए’ भन्दै दँग भए । नरेन्द्रले आफुलाई सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिए ।
सिधा कुरा अनलाईन