शनिबार , बैसाख ८, २०८१

अहिले माधवकुमार नेपालहरू नेकपा एमाले पार्टी भित्र जुन अवस्थामा हुनुहुन्छ त्यो भन्दा ध्वस्त हुनेगरी सडकमै पुर्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्बाही गर्ने उहाँनै हुनुहुन्छ ।

ओलीलाई कारबाही गरेर कार्की बैंकेटबाट अध्यक्षको स्वघोषणा गर्नुभएको माधव नेपाललाई त्यही समयदेखि नै क्षति हुँदै आयो ।नेपालको समूहभित्र रहेर क्रियाशिल रहनुभएका नेताहरू एकपछि अर्को गर्दै समूह छाड्ने ।

अवस्थामा पुग्नुभयो । लामोसमय लगानी गरेको पार्टी छाड्ने मन कसलाइ पो होला !तर माधव नेपाल समूहले पछिल्लो समय एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी बनाउने वा माओवादीमा समाहित हुने जुन योजनाका साथ कामहरू अघि बढाएको छ ।

त्यसको विस्तारै असरहरू देखिन थालेको छ ।एक पछि अर्का नेताहरूले पालैपालो माधव नेपालको अभियानमा साथ दिन नसक्ने भन्दै मुलधारमा क्रियाशिल हुने निर्णय लिइरहनुभएको छ ।सुरूमै लालबाबु पण्डितले आफू एमाले र सूर्य चिन्हको पक्षमा रहेको भन्दै पार्टीको नीति र नेतृत्वलाई क्रस गरेर अघि नबढ्ने उद्घोष गर्नुभएको थियो ।

त्यसैगरी सिन्धुपाल्चोकका शेरबहादुर तामाङ र खोटङकी उषाकला राईले पनि माधव नेपाल समूह छाड्नु भयाे ।
कतिसम्म भने माधव नेपालको विशेष सहोयीको भूमिका निर्वाह गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले समेत उहाँको साथ छोड्नुभयो ।

त्यसै गरी पछिल्लो दिनमा सांसदहरू हिरा केसी, ध्रुव शाही, राजबहादुर बुढा, जयकुमार राई लगायतले माधव नेपालको साथ छाड्ने निर्णय लिनुभयो ।समानुपातिक प्राणालीमा सांसद निर्वाचिन हुनुभएका त एक दुई जनामात्र माधव नेपालको साथमा रहेका छन ।

पार्टीभित्र आशालाग्दा नेताको उपमा पाउनुभएका गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायतका नेताहरू पनि पार्टी विभाजनको विपक्षमा देखिनुभएको छ । उहाँहरूले वैशाख २७ मा हुन लागेको सामूहिक राजिनमा रोक्न भूमिका खेल्नु भएको थियो ।

बुधबार नेता भीम रावलले राजिनामा दिनुपर्ने बताएपछि बिहीबार राजिनामा दिनेबाहेक सबै मुलधारको एमालेमा क्रियाशिल हुने अवस्थामा पुग्नेछन ।दैनिकी बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय