शुक्रबार , बैसाख ७, २०८१

काठमाडौ ।

केही दिन यता सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरको वास्तविकता खुलेको छ । केहीले सामाजिक सञ्जाल फेसवुकमा तत्कालिन राजा विरेन्द्र विरविक्रम शाहसंग दशैंमा टिका लगाउँदै गरेको एक ब्यक्तिको तस्बिर सार्वजनिक गरेपछि भाइरल भयो ।

टिका लगाउने ब्यक्तिलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भन्दै राखिएको थियो ।कतिपयले प्रधानमन्त्रीको नाम नलेखेपनि उनकै तस्बिर हो भन्ने आशंका गर्दै तस्बिर भाइरल बनाएका छन् । तर सामाजिक सञ्जालमा आफ्नो तस्बिरलाई प्रधानमन्त्रीको भन्दै भाइरल भएपछि ।

जसको तस्बिर हो उनै ब्यक्ति मिडियामा आएका छन् । तत्कालिन राजा विरेन्द्रसंग टिका थाप्ने व्यक्ति पर्साको वीरगञ्ज उपमाहानगरपालिका अलौका जनकलाल साह भएको पुष्टि भएको छ ।उनले सो फोटो कस्ले सामाजिक सञ्जालमा राख्यो भन्ने थाहा नभएको बताए ।

रातीको आठ बजेको तिर आफु खाना खान लागेको समयमा आफ्नो अङकल नाता पर्न देबेन्द्र डुगाना फोन गरेर जनक बाबु तपाईको फोटो भाइरल भएको छ भने पछि मात्र त्यसवारे जानकारी पाएको उनको भनाई छ ।

२०५१ सालको दशैको राति ७ .३५ मा खिचाएको फोटो भएको बताए । आफु टिका लगाउन गएको नारायणी हिटीदरवारको आफ्नो फोटो र प्रम ओलीको नभएको उनले स्पष्ट पारेका छन् । अहिले पनि त्यो फोटो आफुसंग रहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय