शुक्रबार , चैत्र १६, २०८०

रातभर फोनको घन्टी बजिरहन्छ । सर, पारिबाट मान्छे छिर्न खोज्दै छन । राति फोन आउँछ । अनि कुदिहाल्नु पर्छ । सीमामा प्रवेश रोकथाम गर्न तै’नाथ सशस्त्र प्रहरीकर्मीलाई फोनमा निर्देशन, ढाड्स दिँदै रात बितेको पत्तै हुँदैन सशस्त्र प्रहरी सिरहाका गणपति प्रवीण कडेंललाई । सीमामा आउजाउ रो’क्न खटिएका सशस्त्र प्रहरी राष्ट्रियता,साहस,अत्मबल र व्यवसायीक तालिमकै भरमा टिकेका छन ।

उनीहरुलाई न सुत्ने सुविस्ता छ न बस्ने खानेको राम्रो प्रबन्ध । जनतालाई कोरोना संक्रमणबाट जो’गाउन असुविधा झेल्दै दशगजा क्षेत्रमा टोली बनाएर चौबिसै घण्टा पहरा गरिरहेका छन्, सशस्त्र प्रहरी । ग्लोब–मास्क लगाएर राइफल तथा लठ्ठी बोकेर सीमामा पहरा गर्ने सशस्त्र प्रहरी राति गरी प्रायःचाउचाउ र पानीकै भरमा ड्यु’टी गरिरहेका छन ।

गणपति कडेंलले भने,‘४८ किलोमिटर सीमाको ५७ स्थानमा पाल टाँगेर पहरा दिइरहेका छौं । ४८ किलोमिटर दूरीमा करिब चार सय सशस्त्र प्रहरी परिचालित छन । सशस्त्र प्रहरी नायब उपरीक्षकहरु फिल्डमा अहोरात्र खटिएका छन । सशस्त्र प्रहरी जवानहरुको मनोबल उच्च राख्न गणपति कडेंल आफैं पनि फिल्डमा खटिन्छन ।

सहकर्मीहरुलाई सोध्छन्,‘गाहृो–सारो के छ ? सहकर्मीहरुको अँध्यारो अनुहारभित्रको मौन पीडा गणपपति कडेंलले सहजै पढ्छन । उनी सहकर्मीहरुलाई ढा’ड्स दिन्छन्,‘संक्रमणका बेला सीमा’कष्ट सहेर जनता जोगाउन गरेको प्रयत्नको इतिहासले मूल्यकांन गर्छ । त्यसैले सा’हस नहार्नुस, ह’रेश नखानुस, गणपति कडेंलले, सहकर्मीको

हौसला बढाए ।’सीमामा खटिएका सुरक्षाकर्मीका लागि खाने बस्ने प्रबन्ध व्यवस्थित बनाउनेमा लागिपरेको उनले बताए । ठाउँ ठाउँमा सिसीटिभी क्यामेरा जडान गर्ने योजना छ’,उनले भने,‘हामी निगरानीलाई अझ सघन बनाउँदै लैजानेतर्फ काम गरिरहेका छौं।’कोरोना भाइरसको संक्रमण विश्वव्यापी बढेपछि सरकारले चैत ९

गते सीमा सिलको घो’षणा गरेलगत्तै दशगजामा सशस्त्र प्रहरीको तै’नाथी बढाइएको थियो । नेपाल–भारत आउजाउ गर्नेलाई रोक्न करिब डेढ महिनादेखि दशगजामा नि’गरानी राखिरहेको सशस्त्र प्रहरीले भने घामपानी खप्दै पहरा दिइरहेका छन । प्रदेश २ मा भारतको ४ सय ६४ किलोमिटर सीमा जोडिएको छ । यस प्रदेशमा भारतसँग

सीमा जोडिएका एक सय ३२ वडा(गाउँ)छन । यस प्रदेशको आठ वटै जिल्लाको सीमामा करिब ५ सय मिटरको दूरीमा एक अर्कालाई देखिनेगरी सशस्त्र प्रहरीको डि’उटी मिलाइएको प्रदेश २ सशसत्र प्रहरी प्रमुख डिआजी राजु अर्यालले बताए । नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय