बिहिबार , चैत्र १५, २०८०

पार्टी कार्यालय,संसद भवन, बालुवाटार,खुमलटार होइन अस्पतालहरुमा जाउ न’ला’यकहरु हो। जनताको भोट लिएर म’हा’मारीमा लुक्ने?? मध्य रातमा आपत परेका बिरामीहरुको ची’त्कार सुन्न नसकेर निदाउन नसकेको कयौं रात भैसक्यो, तिमीहरू चाहिँ कसरी सुत्छौ नालायकहरु हो?

तिम्रो सरकारको विश्वासमा कति, अविश्वासमा कति मान्छे संसदमा उभिए थाहा छैन र मतलबपनि छैन तर आज १३९ जना मानिस म’रे, अधिकांश अक्सिजन नपाएर। कहिँ कतै अक्सिजनको एउटा खाली सिलिन्डर छ भन्ने सुन्दापनि अमृत भेटिए जस्तो लाग्छ। यो देशको कुनै नेताको हि’म्मत भए म सँग उसले रोजेको अस्पतालको गेट्मा भेटोस्।

यो म’हा’मा’रीमा मान्छेलाई म’र्नु बाहेकको बिकल्प नदिएर, आफू चाही भाग्ने, लुक्ने,सुत्ने?? अस्पतालको ढोका ढोकामा मान्छे रुदै र कराउँदै स्वास्थ्यकर्मीसँग ज्यानको भिख मागिरहेका छन्।अनि म’र्न नसकेका, नि’कम्मा,मु’ला सु’द्दी हराएका,कोरोना नआएको भए पनि सु’इँकी सक्नु पर्ने नेताहरु चाहिँ बे’फ्वाँ’कमा बाँचिईईईईईईईईईईईईई रहने??????

अझ सुबिधा सम्पन्न अस्पतालको पनि सबै भन्दा महङ्गो क्याबिनमा????? अति भएन?? तपाईं चाहिँ रात भर अस्पताल अस्पतालमा बिरामी बोकेर रुदै कराउदै धाउने, अनि तपाईंले भोट हालेको ल’ठुवा चाहि रात भरी जाँ’ड खाएर ओली, प्रचण्ड, देउवा, माधवको गु खान नपाएकोमा पछुताएर निधारमा १७ मुजा पारेर बस्ने??? केही हरामीहरुलाई तपाईंको आफन्तको प्राण गएको भन्दा ओलीको कुर्सी गएकोमा चिन्ता छ ।

ए मेरा प्रिय नेपाली दाजुभाइ दिदिबहिनीहरु हो,अन्तिम स्वास बाँकी हुदा पनि भोटको मूल्य माग्न नसक्ने गरि ना’लायक नबनौं न ल!! मेरो प्रस्ताव मान्ने?? अब यसो गरौं: प्रत्यक दिन बिहान ८ बजे आफुले भोट हालेको नेताको घरमा भेला हौं र भोटको जवाफ स्वरुप अक्सिजन मागौं। दिन नसक्ने नालायकको राजिनामा नमागी नफर्कौ।

यति गर्न नसक्नेले अब कम्तिमा पनि यो देशको अवस्था फेरिने आशा नगरौ!!! दुर्भाग्यवश मैले गत चुनावमा भोट हाल्ने सौभाग्य पाइन तर तपाईंले त भोट हाल्नु भो होला नी हैन? तपाईं अस्पताल अस्पताल धाउदा तपाईंले भोट हालेकाहरु के गर्दैछन् यो महामारीमा? तपाई छ्ट्पटाउदा के गर्दैछ्न् तपाईंको भोट पाउनेहरु?? Any Idea?? ??? ध’त्त!!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय