बिहिबार , बैसाख १३, २०८१

काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको महामा’रीमा नेपाल परेको ध्यान विश्वलाई नै खिचेको छ । तर, नेपालमा भने सत्ता संघर्ष चर्केको छ । यो संघर्षमा कस्ले बाजी मार्ने हो ३० वैशाखले एउटा स्पष्ट तस्बिर दिन सक्छ ।

प्रधानमन्त्रीको दौडमा हालका कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओली पनि छन् । उनलाई हटाउन विरोधीले प्रतिनिधि सभामा बहुमतको गठबन्धन बनाउनुपर्ने हुन्छ । त्यसका लागि संसदको अंकगणितसहित प्रयास भइरहेको छ ।

ओलीविरोधी गठबन्धनमा जनता समाजवादी पार्टी एक भएर नआएपछि आधा संख्यालाई सहभागी गराउने र त्यसको वातावरण तयार गर्ने रणनीति बनाइएको छ । नेकपा एमालेका प्रत्यक्षतर्फ निर्वाचित २० जना सांसदको राजीनामाबाट मार्ग प्रशस्त गर्ने आन्तरिक सहमति बनिसकेको छ । विश्वस्त स्रोतका अनुसार राजीनामा दिने एमालेका प्रत्यक्षतर्फ निर्वाचित २० सांसदलाई उपनिर्वाचनमा गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति बनेको छ । सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी देखि भविष्यमा आलोपालो प्रधानमन्त्रीबारे समेत भद्र सहमति बनेको बुझिएको छ ।

२० सांसदको राजीनामा आएमा जसपाको कम्तिमा १४ सांसदले ओलीविरोधी गठबन्धनलाई साथ दिने आँकलन गरिएको छ । जसपाको उपेन्द्र यादव पक्षधरसँग १६ सांसद संख्या छ । यो जसपाको कुल ३२ सांसद संख्यामध्ये आधा हो । यसरी सहमति बनेमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना छ ।

ओलीविरोधी गठबन्धनमा जसपाका महन्थ ठाकुर बाधक बनेका छन् । उनलाई सहमतिमा ल्याएर प्रधानमन्त्री बनाउने या आलोपालोमा अघि वा पछि बनाउने गरी सहमति निकाल्ने पहल पनि भएको छ । प्रधानमन्त्रीका लागि ठाकुरलाई प्रस्ताव गएमा उनी सहमतिमा आउने सम्भावना छ । तर, ठाकुरलाई ओलीविरोधी गठबन्धनले प्रधानमन्त्रीको प्रस्ताव गरेमा ओलीले पनि त्यस्तै अर्को अस्त्रको प्रयोग गरी उनलाई प्रधानमन्त्रीको प्रस्ताव नगर्लान् भन्न सकिदैन । अहिले सत्ता राजनीतिमा ठाकुर निर्णायक शक्ति बनेकाले उनले बाजी मार्ने सम्भावना बढेको छ ।

देउवा र ठाकुर दुवै रोकिएमा जसपाका अर्का नेता डा.बाबुराम भट्टराई अघि सर्न सक्छन् । उनलाई प्रधानमन्त्री बनाउन प्रचण्ड सकारात्मक देखिन्छन् । देउवा सहमत भएमा त्यो सम्भावना रहन्छ । तर, भट्टराईको तत्काल सम्भावना कमजोर बनेको छ । उनी आफैले महन्थ ठाकुरतर्फ संकेत गर्दै पूर्वप्रधानमन्त्रीबाहेकको विकल्पमा जाने प्रस्ताव गरेका छन् ।

यसरी प्रधानमन्त्रीको दौडमा ओली, देउवा, ठाकुर र भट्टराई छन् । यी चारमध्ये अधिकतम सम्भावना ओली र देउवाको नै छ । यी दुई नै रोक्ने रणनीति सफल भएमा ठाकुर र भट्टराईमध्ये एकले बाजी मार्नेछन् ।

तत्काल प्रधानमन्त्रीको दौडमा प्रचण्ड छैनन् । प्रधानमन्त्रीको रिङमा नदेखिएका प्रचण्डले चार्तुयताका साथ अभ्यास गरिरहेका छन् । उनले भविष्यमा प्रधानमन्त्रीको मार्ग प्रशस्त गरेर यी सबैमा भूमिका निभाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय