शनिबार , बैसाख ८, २०८१

काठमाडौं :

रवि लामिछाने फेसबुक स्टाटस मा लेख्छन् : हाम्रो टिम नेपालका साथीहरूले केहि सिलिन्डर अक्सिजन प्रदान गरेर ठुलो गुण लगाएका छन् । आजैबाट जनमैत्री अस्पतालमा बिरामीहरुको सेवा चाहिँ शुरु भैसकेको छ।

वरिष्ठ संचार कर्मी रवी लामीछानेद्वारा खोलिएको कर्णाली प्रदेशको कालीकोटमा स्थापना गरिएको रास्कोट अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीलाई प्रोत्साहन भत्ता स्वरुप ५०% भत्ता दिने निर्णय भएको छ। हिजो आफ्नो फेसबुक पेज मार्फत उहाँले जानकारी गराउनुभएको हो।

पुर्ण प्रभावकारी रुपमा संचालन गर्न झन्डै २०० सिलिन्डर अक्सिजन आवश्यक छ।अक्सिजनको जोहो गर्न हामी सबै लागिपरेका छौ।सबैलाई गुहारेका छौ। भरी वा खाली सिलिन्डर भए खबर गर्नु होला। **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यो पनि:विराटनगर । चैत तेस्रो साता । बेलबारी नगरपालिका-४ मोरङका नवीन खवास, बुबाको उपचारका लागि नोबेल मेडिकल कलेज आइपुगे । उपचारपछि बुबा विनोद वैशाख १५ गते डिस्चार्ज भए ।

बुबालाई घर लैजानुअघि नै नवीनलाई स्वास्थ्यमा समस्या देखिन थालिसकेको थियो । १४ गते पीसीआर परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएकाले घर गए । तर बुबालाई घर लगेकै दिन उनी नोबेल मेडिकल कलेज भर्ना भए ।

भोलिपल्ट पुनः परीक्षण गराउँदा नवीनलाई कोरोना संक्रमण देखियो । श्वासप्रश्वासमा समस्या भएपछि १७ गते आईसीयूमा सारियो । नवीनको कुरुवा श्रीमती सिर्जना बसेकी छन् ।

वैशाख १७ गते भर्ना भएको दिन नवीनसँग उनको दिनभर सम्पर्क भएन । फोन गर्दा फोन उठेन । सोधीखोजी गरेपछि चिकित्सकले भने, ‘अवस्था क्रिटिकल छ तत्काल भेन्टिलेटरमा राख्नुपर्छ ।’

बोल्दै आईसीयूमा गएका नवीनको एक्कासी अक्सिजनको (सेचुरेसन) मात्रा खस्किएको थियो । भेन्टिलेटर खाली भएका कारण उनले तत्कालै उपचार पाएर स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय